दाङ - नदीको पर्यावरणीय सन्तुलन कायम राख्न दाङको बबई नदीमा माछाका भुरा छाडिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले घोराही उपमहानगरपालिका-५ धर्ना सिसहनियामा बबई नदीमा माछाका भुरा छाडेको हो । रहु र नैनी जातका ६ हजार माछाका भुराहरु बबई नदीमा छोडिएको विज्ञ केन्द्रका प्रमुख डा.बेदबहादुर केसीले जानकारी दिनुभयो ।
नदीको पर्यावरणीय सन्तुलन कायम गर्न र नदीमा माछाको सङ्ख्या बढाउन भुरा छोडिएको उहाँको भनाइ छ । नदीको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछा...