वालिङ – स्याङ्जाको गल्याङ नगरपालिका–३ स्थित आँधीखोलामा माछाका भुरा छाडिएको छ। कालीगण्डकी ए जलविद्युत् परियोजनाले गल्याङस्थित बुटवल पावर कम्पनीको बाँधस्थलमा दुई लाख ८० हजार माछाका भुरा छाडेको हो। परियोजनाले बर्सेनि कालीगण्डकीको जलाशय तथा आँधीखोलामा माछाका भुराहरू छाड्दै आएको कालीगण्डकी ए जलविद्युत् परियोजना मिर्मीका प्रमुख पशुपतिराज गौतमले बताए। “वातावरणीय सन्तुलन कायम राख्न र माछा मारेरै जीविकोपार्जन […]