काठमाडौँ, ५ जेठ । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्य बिक्री केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराको सहयोगमा खाद्यान्न बिक्री केन्द्र स्थापना गरिएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले जानकारी दिए । उनले यहाँका नागरिकले कोेल्टीमा गएर खाद्य ल्याउनुपर्ने बाध्यता हटाउनका लागि पालिकामा नै खाद्य […]
सातवटा वडा रहेको चुमनुब्री गाउँपालिका भौगोलिक रुपमा विकट रहेको, एउटा वडाबाट अर्कोमा पुग्न दुईदेखि तीनदिन लाग्ने भएकाले खाद्यान्न बिक्री केन्द्र आवश्यक परेको गाउँपालिकाले जनाएको छ।
सिमकोट – दूरदराजको बस्ती मासपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न हालसम्म नपाएको गुनासो स्थानीयले गरेका छन्। लिमिटेडको खाद्यान्न बिक्री केन्द्र पुग्न एक दिन लाग्ने र खाद्यान्न बिक्री वितरणबारे मासपुरवासीलाई जानकारी नहुने भएपछि वञ्चित हुँदै आएका छन्। ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँका स्थानीय दानबहादुर बुढाले हालसम्म लिमिटेडको खाद्यान्न गाउँवासीले नपाएको गुनासो गरे। […]
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्लाका सातवटै गाउँपालिका खाद्यान्न बिक्रीको व्यवस्था गरेको छ । लिमिटेडको सिमकोटस्थित शाखाको गोदामबाट गाउँगाउँमा खाद्यान्न लैजान समस्या भएपछि सम्बन्धित गाउँपालिकामै बिक्रीको व्यवस्था गरिएको हो ।
नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले पालिका केन्द्र याल्वाङ र लिमीमा गरी दुईवटा बिक्री केन्द्र स्थापना गरिएको बताउनुभयो । बिक्री केन्द्रको स्थापनासँगै अब तीन दिन पैदल हिँडेर खाद्यान्न लिनुपर्ने बाध्यता हटेको छ । यसरी सिमकोटस्थित गोदामबाट लिइएको खाद्यान्नको ढुवानी स्वयं सेवाग्राहीले बेहोर्नुपर्ने हुन्थ्यो । सम्बन्धित गाउँपालिकामा डिपो तथा बिक्री केन्द्र स्थापनाले ढुवानीका लागि छुट्टै लागत सेवाग्राहीले बेहोर्नु नपर्ने भएको छ ।
सिमकोट– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्लाका सात वटै गाउँपालिकामा खाद्यान्न बिक्रीको व्यवस्था गरेको छ। लिमिटेडको सिमकोटस्थित शाखाको गोदामबाट गाउँ–गाउँमा खाद्यान्न सेवाग्राहीलाई लैजान समस्या भएपछि सम्बन्धित गाउँपालिकामै बिक्रीको व्यवस्था गरेको हो। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले पालिका केन्द्र याल्वाङ र लिमीमा गरी दुई वटा बिक्री केन्द्र स्थापना लिमिटेडद्वारा भएको बताए। बिक्री केन्द्र स्थापनासँगै अब […]
सिमकोट– हिमालपारिको गाउँ लिमीमा पहिलो पटक खाद्य बिक्री केन्द्र स्थापना हुने भएको छ। सदरमुकाम सिमकोटबाट एकतर्फी तीन दिन पैदल लाग्ने लिमीमा खाद्यान्न सहज रूपमा वितरण गर्न लिमिटेडले केन्द्र स्वीकृत गरेपछि खाद्य बिक्री केन्द्र स्थापना गरिएको हो। खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको सिमकोट शाखाका सूचना अधिकारी भरत अधिकारीले लिमीमा पहिलो पटक खाद्य बिक्री केन्द्र स्थापना […]
नेपाल खाद्यान्न व्यवस्था तथा व्यापार कम्पनीको खत्याड गाउँपालिकामा रहेको खाद्यान्न बिक्री केन्द्र रातापानीमा एक वर्षदेखि खाद्यान्न गोदम रितै रहेको छ ।खत्याड रारापानी बिक्री केन्द्र मुगुका लागि आर्थिक वर्ष २०७७/०७८ मा खाद्यान्न कम्पनी कार्यालय सुर्खेतबाट स्वीकृत ७ सय ५० क्वीन्टल खाद्यान्न ढुवानीको जिम्मा लिएको बराल ढुवानी सेवा खुर्तेतका सञ्चालक रमेश बरालले एक वर्ष बितिसक्दा पनि ढुवानी […]
काठमाडौं, बैशाख १७ । कोभिड–१९ को संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बजारमा खाद्यान्न, खाना पकाउने ग्यास लगायत अति आवश्यक वस्तुको अभाव हुन सक्ने आशंकाबीच सरकारले खाद्यान्न बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राजधानीका चार ठाउँमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो। बजारमा खाद्यवस्तु तथा तरकारीको सहज आपूर्तिका […]
१६ वैशाख,काठमाडौं । सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञा अवधिभर उपत्यकाका चार वटा बिक्री केन्द्रमार्फत खाद्यान्न बिक्री गर्ने भएको छ । निषेधाज्ञमा बजार मूल्यमा हस्तक्षेप गर्न थापाथली, नख्खु, रामशाहपथ र सूर्यबिनायक बिक्री कक्षबाट उपभोक्तालाई सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्ने निर्णय भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिईन् । रामशाहपथ र सूर्यबिनायक बिक्री […]