हुम्लाका सातै गाउँपालिकाबाट ढुवानी अनुदानको खाद्यान्न बिक्रीको व्यवस्था

सिमकोट– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्लाका सात वटै गाउँपालिकामा खाद्यान्न बिक्रीको व्यवस्था गरेको छ। लिमिटेडको सिमकोटस्थित शाखाको गोदामबाट गाउँ–गाउँमा खाद्यान्न सेवाग्राहीलाई लैजान समस्या भएपछि सम्बन्धित गाउँपालिकामै बिक्रीको व्यवस्था गरेको हो। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले पालिका केन्द्र याल्वाङ र लिमीमा गरी दुई वटा बिक्री केन्द्र स्थापना लिमिटेडद्वारा भएको बताए। बिक्री केन्द्र स्थापनासँगै अब […]

सम्बन्धित सामग्री

लिमिटेडद्वारा हुम्लाका शाखा, डिपो र बिक्री केन्द्रका लागि खाद्यान्न निर्धारण

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष हुम्लामा खाद्यान्न बिक्री गर्दै आएका शाखा, डिपो र बिक्री केन्द्रका लागि खाद्यान्न कोटा निर्धारण गरेको छ। ती सबैका लागि २३ हजार क्विन्टल खाद्यान्न ढुवानी अनुदानमा उपलब्ध गराउने गरी कोटा स्वीकृत गरेको छ। लिमिटेडले यो खाद्यान्न सिमकोट शाखादेखि डिपो र बिक्री केन्द्रका लागि पठाउन लागेको हो। […]

ढुवानी अवरूद्ध भएकाले चामल विमानस्थलमै रोकियो

काठमाडौं । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाका लागि ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा नै थन्किएको छ । विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा हुम्लाका अनुसार विमानस्थलबाट लिमिटेडको गोदामसम्म ट्रयाक्टरमा ढुवानी गर्ने बाटो बन्द भएको छ । यसअघि विमानस्थलबाट […]

ढुवानी गर्ने व्यवस्था नहुँदा हुम्ला विमानस्थलमै थन्कियो खाद्यान्न

चैत ३०, हुम्ला । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ । विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा हुम्लाका अनुसार विमानस्थलबाट लिमिटेडको गोदामसम्म ट्र्याक्टरमा ढुवानी गर्ने बाटो बन्द भएको छ । यसअघि टिप्परमार्फत चङ्खेली गाउँपालिकाको सरिसल्ला हुँदै सर्केगाड गाउँपालिकाको सर्केगाड बजारसम्म पुर्‍याइएको खाद्यान्न हेलिकप्टरमार्फत सिमकोटसम्म ढुवानी गरिँदै आएको थियो । यसअघि विमानस्थलबाट ट्र्याक्टरले गोदामसम्म खाद्यान्न ढुवानी गर्ने गरेको थियो । अहिले खाद्यान्न ढुवानी गर्ने सिमकोटस्थित तल्लो बजारको महिला छात्रावास क्षेत्रमा सडक मर्मत भइरहेको हुँदा ढुवानी हुन नसकेको लिमिटेड शाखा हुम्लाले जानकारी दिएको छ ।  सडक नबनेसम्म खाद्यान्न विमानस्थलमै थन्किने छ । हाल सिमकोट विमानस्थलमा ५२९ क्विन्टल खाद्यान्न रोकिएको छ । सडक बन्न अझै एक साता बढी लाग्ने बताइएको छ । रासस

हुम्लामा विमानस्थलमै थन्कियो खाद्यान्न

हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ । विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा हुम्लाका अनुसार विमानस्थलबाट लिमिटेडको गोदामसम्म ट्र्याक्टरमा ढुवानी गर्ने बाटो बन्द भएको छ । यसअघि टिप्परमार्फत  चङ्खेली गाउँपालिकाको सरिसल्ला हुँदै सर्केगाड गाउँपालिकाको सर्केगाड बजारसम्म पु¥याइएको खाद्यान्न हेलिकप्टरमार्

आउन थाल्यो ढुवानीमा अनुदान दिएको खाद्यान्न

सिमकोट – कर्णाली प्रदेश सरकारले ढुवानीमा अनुदान दिएर उपलब्ध गराउने खाद्यान्न जिल्लामा आउन सुरु भएको छ। सो खाद्यान्न तारा र समिट एयरले हुम्लाका लागि सुर्खेतबाट ढुवानी गर्न सहमति जनाएपछि आउन थालेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखा प्रमुख कृष्णप्रसाद अधिकारीले मंगलबार बेलुकाबाट सुर्खेतबाट दुर्ई वटा एयरलाईन्सका जहाजले बोक्न सुरु गरेको जानकारी दिए। […]

हुम्लाका लागि खाद्यान्न ढुवानी पुनः सुरु

सिमकोट– खाद्य समस्या हुने हिमाली जिल्ला हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यन्न ढुवानी पुनः सुरु भएको छ। ढुवानी रोकिएको आठ दिनपछि सीता एयरले नेपालगंजबाट ढुवानी सुरु गरेको हो। लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले चालु आर्थिक वर्षका लागि ढुवानीको जिम्मा पाएको सिम्रिक कार्गो एयर प्रालिले सीता एयरलाइन्सबाट ढुवानी सुरु […]

खाद्यान्न ढुवानी पुनः सुरू

खाद्यान्न समस्या हुने हिमाली जिल्ला हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ढुवानी अनुदानको खाद्यान्न ढुवानी पुनः सुरु भएको छ । ढुवानी रोकिएको आठ दिनपछि सीता एयरले नेपालगञ्जबाट ढुवानी सुरु गरेको हो ।

हुम्लामा खाद्यान्न ढुवानीमा ढिलाइ

सिमकोट – खाद्य समस्या भोगिरहने हिमाली जिल्ला हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न ढुवानीमा ढिलाइ भएको छ। ढुवानीको जिम्मा पाएको एयरकाग्रोले निजी एयरलाइन्समध्ये सीता एयरलाइन्सलाई मात्र जिम्मा लगाउँदा ढिलाइ भएको हो। लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले चालु वर्षका लागि ढुवानीको जिम्मा पाएको सिम्रिक कार्गाे एयर प्रालिले एउटा मात्र निजी […]

भोकमरी रहेको लिमीमा खाद्यान्न ढुवानी गर्न सिमकोट पुग्यो सेनाको हेलिकोप्टर

भोकमरी रहेको हुम्लाको लिमी क्षेत्रमा सरकारले सोमबारदेखि बिहान खाद्यान्न पु¥याउने भएको छ । त्यसका लागि सेनाको हेलिकोप्टर आइतबार साँझ ४ बजे हुम्ला सदरमुकाम सिमकोट पुगेको छ । सिमकोटबाट ११ क्विन्टल चालम लगेर हेलिकोप्टर बिहान साढे ६ बजे लिमी क्षेत्र पुग्नेछ । सिमकोटबाट लिमी पुग्न करिब आधा घन्टाको हवाई दूरी छ । हुम्लाका सिडिओ गणेश आचार्यले सदरमुकामस्थित खाद्य व्यवस्था तथा […]