स्वामीकार्तिकमा खाद्य बिक्री केन्द्र

 काठमाडौँ, ५ जेठ । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्य बिक्री केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराको सहयोगमा खाद्यान्न बिक्री केन्द्र स्थापना गरिएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले जानकारी दिए । उनले यहाँका नागरिकले कोेल्टीमा गएर खाद्य ल्याउनुपर्ने बाध्यता हटाउनका लागि पालिकामा नै खाद्य […]

सम्बन्धित सामग्री

चाडबाड नजिकिँदा खाद्य बिक्री केन्द्र बन्द

चाडबाड नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट सञ्चालित खाद्यान्न बिक्री केन्द्र बन्द हुने गरेको पाइएको छ । सदरमुकाम अमरगढीमा रहेको उक्त कार्यालय एक जना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । दसैँतिहार नजिकिँदै गर्दा बिक्री केन्द्र बन्द हुने गरेको गुनासो उपभोक्ताको छ । बिक्री केन्द्र बन्द हुँदा बजारको भन्दा सस्तो मूल्यमा चामललगायत खाद्य सामाग्री खरिद गर्न स्थानीय वञ्चित भएका छन् । नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले यही असोज ४ गते दुई सय क्विन्टल मसिनो चामल सो केन्द्रमा पठाएको जनाएको छ ।

दुई वर्षदेखि रित्तै छ रातापानीको खाद्य बिक्री केन्द्र

मुगु - मुगुको उत्तरी भेगमा पर्ने खत्याड गाउँपालिकाको रातापानीमा रहेको खाद्य बिक्री केन्द्र दुई वर्षदेखि रित्तै अवस्थामा छ ।  नेपाल खाद्य संस्थान रातापानी बिक्री केन्द्रको ढुवानीको जिम्मा सिद्धार्थ  ढुवानी सेवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको दुई वर्ष बितिसक्दा पनि हालसम्म खाद्यान्न नपुर्‍याउँदा रित्तो अवस्थामा रहेको हो । …

हिमालपारिको गाउँ लिमीमा खाद्य बिक्री केन्द्र स्थापना हुने

सिमकोट– हिमालपारिको गाउँ लिमीमा पहिलो पटक खाद्य बिक्री केन्द्र स्थापना हुने भएको छ। सदरमुकाम सिमकोटबाट एकतर्फी तीन दिन पैदल लाग्ने लिमीमा खाद्यान्न सहज रूपमा वितरण गर्न लिमिटेडले केन्द्र स्वीकृत गरेपछि खाद्य बिक्री केन्द्र स्थापना गरिएको हो। खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको सिमकोट शाखाका सूचना अधिकारी भरत अधिकारीले लिमीमा पहिलो पटक खाद्य बिक्री केन्द्र स्थापना […]