निषेधाज्ञामा खाद्य कम्पनीका चार बिक्री केन्द्र खुल्ने

१६ वैशाख,काठमाडौं । सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञा अवधिभर उपत्यकाका चार वटा बिक्री केन्द्रमार्फत खाद्यान्न बिक्री गर्ने भएको छ । निषेधाज्ञमा बजार मूल्यमा हस्तक्षेप गर्न थापाथली, नख्खु, रामशाहपथ र सूर्यबिनायक बिक्री कक्षबाट उपभोक्तालाई सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्ने निर्णय भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिईन् । रामशाहपथ र सूर्यबिनायक बिक्री […]

सम्बन्धित सामग्री

खाद्य र साल्ट ट्रेडिङको सेवा घरदैलोमा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले निषेधाज्ञाको समयमा उपभोक्तालाई समस्या हुनसक्ने भन्दै आफ्ना बिक्री केन्द्र र मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री गरेका छन् । खाद्य कम्पनीले आफ्ना चारवटा बिक्री केन्द्रमार्फत र साल्ट ट्रेडिङले आफ्ना छवटा बिक्री केन्द्र र तीनवटा मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री वितरण गरेका हुन् । खाद्य कम्पनी र साल्ट ट्रेडिङले गत वर्षको बन्दाबन्दी र निषेधाज्ञामा जस्तै आफ्ना बिक्री केन्द्रमार्फत सेवा दिएका हुन् ।