सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एस) बन्यो सबैभन्दा ठूलो दल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट फुटेर बनेको नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । १४ जना प्रदेश सभा सदस्यहरुले एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लाई साथ दिनुभएपछि सो पार्टी सबैभन्दा ठूलो दल बनेको हो । आइतबारसम्म १३ जना मात्र रहेको नेकपा (एस) मा सोमबार प्रदेशसभा सदस्य माया तामाङ बोहरा थपिएपछि सो संख्या १४ पुगेको हो । निर्वाचन आयोगले भदौ २२ गते साँझ ५ बजेसम्म एमालेबाट अलग्गिनेहरुलाई दल छान्न पाउने समय दिएको छ ।