माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल बनेको छ ।
ओलीपक्षीय भनेर चिनिएकी प्रदेश सभा सदस्य माया तामाङले समेत नेकपा (एस)का पक्षमा सनाखत गरेपछि सांसद संख्या १४ पुगेको हो ।
१४ सांसद नयाँ पार्टीको पक्षमा खुलेपछि नेकपा एमाले भने ११ सांसदसहित चौथो दलका रूपमा खुम्चिन पुगेको छ ।
शुरूमा भीम रावल नयाँ पार्टीमा नजाँदा सुदूरपश्चिममा एमालेलाई खासै क्षति नहुने अनुमान गरिएको थियो ।
तर भीम रावलले सुदूरपश्चिममा पार्टीमा पहिरो जानबाट रोक्न सकेनन् ।
माधव नेपालको पक्...