शनिबार बिहान गाजाबाट इजरायलमा अचानक ठूलो हमला भएको छ।गाजा पट्टीमा शासन गर्ने चरमपन्थी समूह हमासले २० मिनेटभित्र इजरायलतर्फ पाँच हजार रकेट प्रहार गरेको जनाएको छ। जसमा परि एक जनाको मृत्यु प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।यस क्रममा गाजाबाट इजरायलमा भएको अचानक आक्रमणमा दर्जनौं चरमपन्थी गाजा पट्टीबाट इजरायलमा प्रवेश गरेका छन्। इजरायलले पनि दर्जनौं लडाकु गाजा सीमा पार गरी देश प्रवेश गरेको बताएको छ।यसपछि इजरायलभरि चेतावनी जारी गरिएको छ र सीमा क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न भनिएको