चैतारा । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका लाँगर्चेस्थित ओखरेनी डाँडा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।
समुद्री सतहबाट २ हजार २५० मिटरको उचाइमा रहेको सो स्थललाई भूकम्पपछिको पुनर्निर्माणले बस्तीलाई थप सुन्दर बनाएको थियो ।
बौद्धमार्गीको बसोबास रहेको ओखरेनीका विभिन्न स्थानमा रहेका सेता आकर्षक गुम्बा र स्तूपाले यहाँको सुन्दरतालाई अब्बल बनाएको छ ।
बाटो र टोलभरि टाँगिएका ध्वजापताका, वरिपरि राता जस्ताका एकैनाशे घर त्यस स्थानमा रहेका छन् । बस्तीका बीचमा रहेको ३५ फिट अग्लो सुन्दर बुद्धमूर्तिका साथै हरेक बिहान उठ्ने बित्तिकै हेर्न पाइने लाङटाङ हिमालले यो गाउँलाई थप आकर्षित बनाएको छ । अहिले रातो बस्तीमा झनै रातो गुराँस फुलेर गाउँ रंगिएको छ ।
पुस-माघमा यहाँ बाक्लो हिउँ पर्ने भएकाले यो आकर्षक पर्यटकीय गन्तव्य पनि हो । प्राकृतिक दृश्यका लागि मात्रै नभई अर्गानिक खाद्य तथा नगदेबालीको स्वाद चाख्न पाइने ओखरेनी हिमाली गाउँ हो ।
बजारमा पाइने मल पुग्दै नपुगेको यो गाउँमा पाइने आलु, मुला जिल्लामा मात्रै होइन बाहिर पनि प्रख्यात छ । चिसो ठाउँ भएकाले यहाँ नौ महीनामा मात्रै धान पाक्छ । कोदो हुँदैन । त्यसैले यहाँका बासिन्दा आलु, मुला उत्पादन भएपछि धान, मकै, कोदोसँग साट्न बेँसी झर्ने गर्थे ।
यहाँ आउने जंगली बँदेलले दुःख दिन थालेपछि किसानले आलु, मुला लगाउन बिस्तारै छाड्न थालेका छन् । ‘त्यसको विकल्पमा अहिले किवी खेती शुरू गरिएको छ,’ गाउँकै अगुवा तथा स्थानीय विद्यालयकी शिक्षिका शान्ति शेर्पाले भनिन्, ‘गाउँमा अहिले तीन हजारभन्दा बढी बिरुवा रोपिएको छ ।’ लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले यो गाउँमा पाइने बँदेल, मृग, कालिज मार्न प्रतिबन्ध छ ।
‘त्यसैले पनि स्थानीयले अन्य बालीको विकल्पमा किवी रोजेका हुन्,’ यहाँको हावापानी अनुसार किवीको उत्पादन राम्रो हुने देखियो,’ उनले भनिन्, ‘गाउँपालिकाले किवी पकेट क्षेत्र घोषणा गरी यसको खेती विस्तार गरेकाले गाउँवासी उत्साहितसमेत छन् ।’
ओखरेनीवासी गाउँमा आएका आगन्तुकलाई भव्य सम्मान गर्छन्, स्नेह गर्छन् । सत्कार गर्छन् । यहाँ आइपुगेका पाहुनालाई अहिले व्यक्तिकै घरमा बस्न दिइन्छ । पछिल्लो समय यहाँ पर्यटकको चासो बढेको छ ।
‘अब हामी होमस्टेको तयारीमा छौं,’ स्थानीय पदमबहादुर लामा भुन्छन्, ‘हामी कर तिर्छौैं, होमस्टेका लागि गाउँपालिकाले पहल गर्नुपर्छ ।’ उनले ठाउँ अभावका कारण ठूलो संख्यामा आउने पाहुनालाई रातको समयमा छुट्टाछुट्टै राख्नुपर्ने अवस्था भएको बताइन् ।
आकर्षक गन्तव्यस्थल भएर पनि ओखरेनी ओझेलमा छ । काठमाडौंबाट एकै दिनमा पुगेर फर्कनसमेत सकिन्छ । काठमाडौंको साँखुबाट यो ठाउँ ५८ किलोमिटरको दूरीमा पर्छ ।
सार्वजनिक बसको यात्रा गर्दा चाबहिलको चुच्चेपाटीबाट यहाँका लागि बस छुट्छ । काठमाडौं-बनेपा-पाँचखाल-जिरोकिलो-मेलम्ची-नवलपुर-गुफाडाँडा हुँदै ओखरेनी आएर बास बस्न सकिन्छ ।
त्यस्तै जिल्ला सदरमुकाम चौताराबाट २२ किलोमिटरको दूरीमा रहेको ओखरेनीका लागि अर्काे ‘रुट’ झनै रमणीय छ । चौताराबाट गौराती मन्दिर हुँदै स्याउले बजार पुगिन्छ । स्याउले बजारबाट उकालो लागेपछि बास्नादार विभिन्न वनस्पतिको स्वाद लिँदै सानो ओखरेनी पुगिन्छ । -रासस
मुगु - गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै मनमोहन बनेको छ । त्यहाँ पुगेर हिउँ खेल्न आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लागेको छ । चिसोको प्रवाह नगरी रार...
उनले उक्त फोटो आफ्नो फेसबुक पेजमा राखेकी थिईन्। उक्त पोष्टलाई नेपालमा रहेको अमेरिकी दुतावासले सोमबार आफ्नो पेजमाफर्त पवलोस्कीले खिचेको हिउँ चितुवाको आकर्षक फोटोबारेमा जानकारी गराएको छ।
काठमाण्डाै – अमेरिकी फोटोग्राफर किटिया पवलोस्कीले सगरमाथा क्षेत्रमा हिउँ चितुवाको आकर्षक फोटो खिच्नुभएको छ ।
पवलोस्कीले अक्टोबर ८ तारिखमा आफ्नो क्यामेरामा कैद गर्नुभएको हिउँ चितुवाको फोटो उहाँको वेब पेजमा प्रकाशन गर्नुभएकाे छ । त्याे पेजलाई शेयर गर्दै नेपालमा रहेको अमेरिकी दूतावासले हिउँ चितुवाको आकर्षक फोटोबारेमा जानकारी गराएको छ ।
पाँच हजार चार सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको फाेटाेग्राफर पवलाेस्कीले आफ्नो वेबसाइटमा उल्लेख गर्नुभएको छ । उहाँले वन ...
यो साता देशका अधिकांश उच्च पहाडी भेगमा बाक्लो हिउँ पर्यो । हिमपातले कतिपय स्थानको जनजीवन कष्टकर बनाए पनि केही स्थानमा भने पर्यटकहरूले रमाउँदै हिउँ खेल्न पाए । समुद्र सतहदेखि ३००० मिटर उचाइमा रहेको रारा त्यस्तै सुन्दर पर्यटकीय गन्तब्य हो । जहाँ हिउँ पर्दा पर्यकटहरू रमाउन पुग्छन् । यस वर्ष मात्रै ५ पटकसम्म हिउँ परेको रारामा पछिल्लो पटकको हिमपातले राराको सौन्दर्यलाई थप आकर्षक बनाएको छ ।
काठमाडौं । मंगल ग्रहको कक्षलाई फन्को मारिरहेको चिनियाँ यान तियानवेन-१ मार्स रोभरले नयाँवर्षको छेकोमा रातो ग्रहबाट लोभलाग्दा सेल्फीलाई पृथ्वीमा पठाएको छ । मंगलमात्र नभएर आफ्नै आकर्षक सेल्फी पनि उक्त यानले खिचेको छ । तस्बिरमा मंगलको उत्तरी ध्रुवको एउटा दुर्लभ दृश्य पनि छ जहाँ हिउँको कलात्मक ल्यान्डस्केप देख्न सकिन्छ । मंगल सतहमा २४४ दिनदेखि रहेको चिनियाँ […]
आकर्षक पर्यटकीय गन्तब्य रारा ताल र आसपासको क्षेत्र हिउँले सेताम्य बनेको छ । चारैतिर हिउँले ढाकिएको रारा कपासको फूल झैँ देखिएको छ । ताल वरपरका रुखहरू हिउँले झुकेका छन् । हिउँले गर्दा तालको पानी पनि सेताम्य टल्किन थालेको छ । प्राकृतिक सौन्दर्य अवलोकन गर्न आएका आन्तरिक पर्यटकहरू रारा राष्ट्रिय निकुञ्जका कर्मचारी, सेनाको गुल्ममा कार्यरत सैनिकहरू बुधबार दिनभर हिउँ खेल्दै र फोटो खिच्दै आपसमा रमाए । यस वर्ष दोश्रोपटक रारामा यसरी हिउँ परेको हो । रारा राष्ट्रिय निकुञ्जका अधिकृत बद्री विनोद दाहालका अनुसार रारामा करिब १ फिट हिउँ जमेको र अझै हिउँ पर्ने क्रम जारी छ ।
काठमाडौं । पानी परेसँगै देशका विभिन्न ठाउँलगायत काठमाडौं आसपासका डाँडा हिउँले ढाकिएका छन् । पर्यटकीय एवं धार्मिकस्थल चन्द्रागिरीमा पनि हिउँ परेको छ । चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेव मन्दिर तथा उद्यान क्षेत्रमा हिउँले पूरै ढाकिएको छ । काठमाडौंकै सबैभन्दा अग्लो स्थान र केवलकारसमेत जोडिएकाले पछिल्ला केही वर्षदेखि हिउँ खेल्नका लागि आन्तरिक पर्यटकको आकर्षक गन्तव्य हुँदै आएको […]