कपासका फूल जस्तै हिउँ [तस्बिरहरू]

आकर्षक पर्यटकीय गन्तब्य रारा ताल र आसपासको क्षेत्र हिउँले सेताम्य बनेको छ । चारैतिर हिउँले ढाकिएको रारा कपासको फूल झैँ देखिएको छ । ताल वरपरका रुखहरू हिउँले झुकेका छन् । हिउँले गर्दा तालको पानी पनि सेताम्य टल्किन थालेको छ । प्राकृतिक सौन्दर्य अवलोकन गर्न आएका आन्तरिक पर्यटकहरू रारा राष्ट्रिय निकुञ्जका कर्मचारी, सेनाको गुल्ममा कार्यरत सैनिकहरू बुधबार दिनभर हिउँ खेल्दै र फोटो खिच्दै आपसमा रमाए । यस वर्ष दोश्रोपटक रारामा यसरी हिउँ परेको हो । रारा राष्ट्रिय निकुञ्जका अधिकृत बद्री विनोद दाहालका अनुसार रारामा करिब १ फिट हिउँ जमेको र अझै हिउँ पर्ने क्रम जारी छ ।

सम्बन्धित सामग्री

हिउँ नपर्दा घाँसकै समस्या

मलका रूपमा लिइने हिउँ नपर्दा मनाङका किसान चिन्तित बनेका छन् । एकातिर समयमै हिउँ नपर्दा सिँचाइको समस्या भएर स्याउको बोट सार्न समस्या हुने, फूल नलाग्ने, रोग र किराको सङ्क्रमण बढ्ने, दाना राम्रो नहुनेजस्ता समस्या देखा परेको छ भने अर्कोतिर पशुचौपायाका लागि घाँस उपलब्ध नहुँदा किसान चिन्तित बनेका हुन् । विगतको तुलनामा यसपालि मनाङको माथिल्लो भेगमा हल्का मात्र हिमपात

अन्टार्कटिकामा डाइनोसर !

सांसारिक जगत् विचित्रको छ । हामीले भोगिरहेको अहिलेको संसार सुरुमा यस्तो थएन । हामीले थाहा पाउँदा अन्टार्कटिकामा हिउँ थियो र छ पनि । अहिले यो हिउँ पग्लिँदै जान थालेको छ । प्रतिसेकेन्ड हिमपहिरो लाखौंको संख्यामा गइरहेका छन् । अन्टार्कटिकाका केही भागमा जमिन देखिएर त्यहाँ फूल फुल्न थालिसकेका छन् । सायद हाम्रो जमानामा नै अन्टार्कटिकाको हिउँ […] The post अन्टार्कटिकामा डाइनोसर ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

न्युयोर्क सिटीले मंगलबार विहान सिजनको पहिलो हिउँका फूल देख्नसक्ने

न्युयोर्क सिटीले मंगलबार बिहान केही हिउँ देख्ने मौका पाउनेछ । तर यो ठूलो भने हुनेछैन । अझै डिसेम्बर नभए पनि न्युयोर्क सिटीले सिजनको पहिलो हिमपात देख्न सक्ने मौषमविदहरुले बताएका छन् । किनभने मध्य हप्तामा चिसो मौसम यस क्षेत्रमा फैलिएको छ। सोमबार राती अत्यन्तै चिसोसँगै मंगलबार बिहान पनि तापक्रम एकदम चिसो रहनेछ । बिहानको समयमा हावा […]

‘नेपथ्यको यात्रा’मा यसरी झुमे पोखरेली

पर्वत : देशको पूर्वदेखि पश्चिमी कुनासम्म आठ शहरमा सांगीतिक प्रस्तुति दिएर गृहनगर आइपुगेको नेपथ्यले सधैँजस्तै न्यानो पोखरेली माया पाएको छ। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रको मैदानमा बिहानैदेखि हिमाल देखिन गरी सफा आकाश पाएको ब्याण्डलाई अझ गतिलो स्वागत गर्‍यो। आफ्नो माटोमा आइपुग्दा प्रारम्भकै दिन सम्झँदै ब्याण्डले पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल है टिपी राख्नु’ सुनायो। नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले झण्डै ३३ वर्षअघि याङ्जाकोटमा रचना गर

स्याउ बगैँचा व्यवस्थापनको चटारो

काठमाडौँ,११ पुष । मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो । दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन् । भदौ असोजमा स्याउको दाना टिप्ने गरिन्छ । फूल खेल्नु र हिउँ पर्नु अघिनै […]

स्याउ बगैँचा व्यवस्थापनको चटारो

मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो । दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन् । भदौ असोजमा स्याउको दाना टिप्ने गरिन्छ ।फूल खेल्नु र हिउँ पर्नु अघिनै बगैँचा व्यवस्थापन गर्न जुटेका हुन् । हिउँ पर्ने समयमा स्याउ बगैँचाको उचित व्यवस्थापन गर्दा उत्पादन र गुणस्तर सुधार गर्न सकिन्छ । पुष माघ महिनामा कृषकले अनावश्यक हाँगा हटाउने गर्छन्

सौन्दर्यको खानी बडिमालिका (फोटो फिचर)

धनगढी : समुद्री सतहबाट ४ हजार २१९ मिटर उचाइमा रहेको बाजुराको बडिमालिका प्राकृतिक सौन्दर्यको खानी नै हो।यो स्थान प्राकृतिक, धार्मिक तथा सांस्कृतिक हिसाबले निकै प्रसिद्ध तीर्थस्थल हो। यहाँ हिउँ कुल्चँदै सुन्दर हिमालको दृश्यावलोकन गर्न पाइन्छ।अथाह मनोरम प्राकृतिक दृश्यहरू बोकेको बडिमालिकाकालाई सुदूरपश्चिमको गहनाकै रूपमा चिनिन्छ। बडिमालिकाको सौन्दर्यले जो पनि मन्त्रमुग्ध हुन्छ। यहाँ विशाल फाँटहरू छन्। अनेकन प्रजातिका फूल फुल्छन्‌।यस्तै, बडिमालिकाले ध

यात्रा : क्याञ्जिङको हिउँ-फूल

विष्णु भण्डारी : ‘तपाईंहरू हो लेखक ?’ ओर्जिनल लामा होटल पुग्दा मिङ्मार गुरुङले सोधे । केही गाइडसँगै गफिँदै थिए मिङमार । म थकाइले चुर भएको थिएँ । बोल्न सक्ने हिम्मत पनि थिएन । मुस्किलले राजको नाम उच्चारण गरेको थिएँ मैले । प्रथा भने ब्यागसितै कुर्सीमा बस्दै भने– ‘हो हो म कवि, उहाँ लेखक ।’ अघिल्लो […]

हुम्लामा हिमपात

हुम्ला - हुम्लाको सदरमुकाम सिमकोटमा हिमपात भएको छ । सदरमुकाम सिमकोट र नाक्खा गाउँपालिकामा हिउँ जमेको हाे । यसपालि पुस माघ महिनामा समेत नपरेको हिउँ वैशाख महिनामा पर्दा स्थानीय बासिन्दा छक्क परेका छन् । त्यहाँ एक फिटसम्म हिउँ जमेको  छ । हिमपातका कारण गाई, गोरु, चौंरी चराउन मुस्किल परेको सिमकोट-६ का पर्वत सुनारले बताउनुभयो । हिउँले गहुँ, जौ, उवा जस्ता बालीलाई ढाकेको छ ।  भर्खर फुलेका स्याउका फूल हिमपातले झरेको त्यहाँका सुनिता पुढाले बताउनुभयो ।  हिमपातका कारण हुम्लाको हवाई सेव...

खुर्पानीको फूल खेल्ने बेला मुस्ताङमा हिउँ पर्दा कृषक उत्साहित

हिमालपारीको जिल्ला मुस्ताङमा खुर्पानीमा फूल खेल्दै गरेको समयमा शनिबार एक्कासी हिमपात हुँदा कृषक उत्साही भएका छन् । स्याउ तथा खुर्पानी लगायतका फलफूलको फूल खेल्ने समय हुँदै गर्दा यही समय हिमपात हुँदा सिंचाइका लागि पनि सहज भएको मार्फाका अगुवा कृषक दिपक लालचनले बताउनुभयो । लालचनका अनुसार अहिले भर्खरका लागि सिंचाइ गर्ने समय हो र अब हिमपातले गर्दा सिंचाइ भर्खरै गरी हाल्न पर्दैन । त्यस्तै अग्ला डाँडाहरुमा हिउँ रहने हुँदा बर्खाको समयमा पनि सिंचाइका लागि हिउँ पग्लेर बगी रहने हुँदा समस्या हुँदैन ।