हिउँ परेपछिको रारा [फोटोफिचर]

यो साता देशका अधिकांश उच्च पहाडी भेगमा बाक्लो हिउँ पर्‍यो । हिमपातले कतिपय स्थानको जनजीवन कष्टकर बनाए पनि केही स्थानमा भने पर्यटकहरूले रमाउँदै हिउँ खेल्न पाए । समुद्र सतहदेखि ३००० मिटर उचाइमा रहेको रारा त्यस्तै सुन्दर पर्यटकीय गन्तब्य हो । जहाँ हिउँ पर्दा पर्यकटहरू रमाउन पुग्छन् । यस वर्ष मात्रै ५ पटकसम्म हिउँ परेको रारामा पछिल्लो पटकको हिमपातले राराको सौन्दर्यलाई थप आकर्षक बनाएको छ ।

सम्बन्धित सामग्री

टिलिक्क रारा [तस्बिरहरु]

भारी हिमपातले मुगुको रारा चाँदीजस्तै टिलिक्क टल्किएको छ । सोमबारदेखि बुधबारसम्म रारा क्षेत्रमा बाक्लो हिउँ परेको र बिहीबारदेखि घाम लागेपछि रारा चाँदीजस्तै चम्किलो देखिएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । समुद्री सतहदेखि २९ सय २९ मिटर उचाईमा रहेको मुगुको उत्कृष्ट पर्यटकीय गन्तव्य रारा मौसमअनुकूल विभिन्न रुप फेर्ने गरेको छ ।

टिलिक्क रारा [तस्बिरहरु]

भारी हिमपातले मुगुको रारा चाँदीजस्तै टिलिक्क टल्किएको छ । सोमबारदेखि बुधबारसम्म रारा क्षेत्रमा बाक्लो हिउँ परेको र बिहीबारदेखि घाम लागेपछि रारा चाँदीजस्तै चम्किलो देखिएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । समुद्री सतहदेखि २९ सय २९ मिटर उचाईमा रहेको मुगुको उत्कृष्ट पर्यटकीय गन्तव्य रारा मौसमअनुकूल विभिन्न रुप फेर्ने गरेको छ ।

सेतो 'कार्पेट'मा रारा [फोटोफिचर]

नेपालको पर्यटकीय गन्तव्य रारा ताल अहिले हिउँले सेताम्मे भएको छ । वरिपरि सेताम्मे हिउँ‚ बीचमा निलो तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्री विनोद दाहालले बताए ।

चाँदीको घेरामा रारा !

मुगु । रारा क्षेत्रमा परेको भारी हिमपातले यस तालको वरिपरि हिउँको घेरा छ । चाँदीको घेरामा डुबुल्की मारेको जस्तै देखिन्छ राराले । राराक्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । हिमपातमा राराको मज्जा लिन सदरमुकाम गमगढीबाट हिमापत हुँदाहुँदै पनि शुक्रबार धेरै युवा हिउँ खेल्न रारा पुगेका थिए । शनिबार पनि सदरमुकामबाट दर्जनौं युवा रारा पुगे […]

मुगुमा दोस्रो पटक हिमपात

खड्क सुनारहिमाली जिल्ला मुगुमा दोस्रोपटक हिमपात भएको छ । एक साताअघि परेको हिउँ पग्लन नपाउँदै पुनः बुधबार रातिबाट दोस्रो पटक हिमपात भएको हो । जिल्लामा परेको दोस्रो पटकको हिमपातले सदरमुकाम गमगढी बजारमा असर गरेको छैन भने उच्च भेग ताल्चा, रारा, मुर्मा,  माथितुम, बाम, रोवा, कोटीला, टोप्ला, मुगुम कार्मारोङ्ग गाउँपालिका का मुगु, डोल्फू, खत्याड गाउपालिकाका  खमाले, सोरुकोट लगायतका हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको हो । हिमपातले उच्च हिमाली बस्ती सेताम्मे देखिएका छन् । एक साता अगाडि परेको

आहा ! रारा

मंगलबार रातिदेखिको हिमपातले कर्णालीको प्रमुख पर्यटकीयस्थल रारातालमा करिब एक फिट हिउँ जमेको छ । बिहीबार मौसम खुलेसँगै रारातालसहित आसपासका क्षेत्र हिउँले सेताम्य टल्किएका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार...

हिउँले ढाकिएको रारामा रमाउँदै पर्यटक

मुगु : नेपालकै सबैभन्दा ठूलो ताल रारा क्षेत्र हिउँले ढाकिएको छ। रारामा क्षेत्रमा दुई फिटसम्म हिउँ जमेको छ। चिसोमा प्रवाह नगरी पर्यटकहरु हिउँ खेल्न पुगेका छन्।समुद्र सतहदेखि २ हजार ९९० मिटर उचाइमा रहेको रारा वरिपरिका रुख तथा विरुवा हिउँले सेताम्य भएका छन्। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालले रंग फेर्ने गर्दछ। कहिले खैरो, कहिले बैजनी त कहिले नीलो गरी दिनमै तीन पटकसम्म रंग बदल्ने गर्दछ।

हिउँले सेताम्मे रारा

मंगलबार रातीदेखि कर्णालीका जिल्लाहरुमा भएको हिमपातले कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा यतीबेला करीब १ फिट हिउँ जमेको छ । बिहीबार मौसममा हल्का सुधार आएसंगै रारा ताल क्षेत्र सेताम्य टल्किएको...

कपासका फूल जस्तै हिउँ [तस्बिरहरू]

आकर्षक पर्यटकीय गन्तब्य रारा ताल र आसपासको क्षेत्र हिउँले सेताम्य बनेको छ । चारैतिर हिउँले ढाकिएको रारा कपासको फूल झैँ देखिएको छ । ताल वरपरका रुखहरू हिउँले झुकेका छन् । हिउँले गर्दा तालको पानी पनि सेताम्य टल्किन थालेको छ । प्राकृतिक सौन्दर्य अवलोकन गर्न आएका आन्तरिक पर्यटकहरू रारा राष्ट्रिय निकुञ्जका कर्मचारी, सेनाको गुल्ममा कार्यरत सैनिकहरू बुधबार दिनभर हिउँ खेल्दै र फोटो खिच्दै आपसमा रमाए । यस वर्ष दोश्रोपटक रारामा यसरी हिउँ परेको हो । रारा राष्ट्रिय निकुञ्जका अधिकृत बद्री विनोद दाहालका अनुसार रारामा करिब १ फिट हिउँ जमेको र अझै हिउँ पर्ने क्रम जारी छ ।

भारतबाट हिउँ खेल्न रारा

अहिलेको हिउँदमा माघको अन्तिममा हिउँ परेपछि रारामा हिउँ खेल्ने आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकको संख्यामा पनि उत्तिकै वृद्धि हुन थालेको छ । माघको अन्तिम तथा फागुनको सुरुमा भारी हिमपात भएपछि रारा पुगेका आन्तरिक तथा बाह्य पर्यटकले रारामा हिउँसँग खेल्न पाउनु निकै खुसीको कुरा भएको बताएका छन् ।