सगरमाथा क्षेत्रमा कैद भएको हिउँ चितुवाको फोटो

काठमाण्डाै – अमेरिकी फोटोग्राफर किटिया पवलोस्कीले सगरमाथा क्षेत्रमा हिउँ चितुवाको आकर्षक फोटो खिच्नुभएको छ । पवलोस्कीले अक्टोबर ८ तारिखमा आफ्नो क्यामेरामा कैद गर्नुभएको हिउँ चितुवाको फोटो उहाँको वेब पेजमा प्रकाशन गर्नुभएकाे छ । त्याे पेजलाई शेयर गर्दै नेपालमा रहेको अमेरिकी दूतावासले हिउँ चितुवाको आकर्षक फोटोबारेमा जानकारी गराएको छ । पाँच हजार चार सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको फाेटाेग्राफर पवलाेस्कीले आफ्नो वेबसाइटमा उल्लेख गर्नुभएको छ । उहाँले वन ...

सम्बन्धित सामग्री

डेढ दशकदेखि हिउँ चितुवा पछ्याउँदै

फुर्तिलो जन्तु, जो हिमाली क्षेत्रमा मात्रै पाइन्छ । आहाराका लागि वन्यजन्तु सिकार गर्छ । मान्छेबाट कोसौं टाढा बस्छ । हिमाली बस्तीमा पस्यो भने घरपालुवा जन्तु मार्छ । हिमाली क्षेत्रमा लुकामारी गर्दै बाँच्ने हिउँ चितुवालाई तस्बिरमा कैद गर्नु सजिलो छैन ।

...अनि कैद भयो चुङ्बाको क्यामेरामा हिउँ चितुवा

मानिसभन्दा टाढा बस्न रुचाउने हिउँ चितुवाको फोटो खिच्न पाउनु जो कोहीका लागि गौरवको कुरा हो । हिउँ चितुवाबारे विद्यावारिधी गर्दै गर्नुभएका संरक्षणकर्मी कमल थापा भन्नुहुन्छ, ‘हिउँ चितुवाले मानिसलाई देखिरहेको भए पनि मानिसले चाहिँ हत्तपत्त देख्न सकिँदैन, मानिसको चहलपहल थाहा पाउनसाथ उ टाढै बस्ने भएकोले फोटो खिच्न सौभाग्यवश मात्रै पाइन्छ ।’ हिउँ चितुवाको अध्ययनका लागि धेरै पटक हिमाली भेगमा पुग्नुभएका थापा आफ्नो टोलीले अध्ययनका क्रममा बारम्बारको प्रयासपछि मात्रै हिउँ चितुवा देख्न सफल भएको बताउनुहुन्छ । उहाँ भन्नुह...

सगरमाथामा भेटियो हिउँ चितुवा (फोटोहरुसहित)

विश्वको सर्वोच्च शिखर सगरमाथामा हिउँचितुवा भेटिएको छ । सगरमाथाको ५ हजार मिटरभन्दा माथी अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले हिउँ चितुवाको तस्वीर खिच्नुभएको हो । काठमाडौंस्थित अमेरिकी दूताबासले आफ्नो आधिकारिक फेसबुक पेजबाट सो कुराको जानकारी दिंदै लेखेको छ( एक अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका केही सुन्दर दृष्यहरू आफ्नो क्यामेरामा कैद …

सगरमाथा क्षेत्रमा अमेरिकी फोटोग्राफरले हिउँ चितुवा भेटेपछि...

कितिया पावलोभ्स्की नाम गरेका ती अमेरिकी फोटोग्राफरले हालै सगरमाथा क्षेत्रमा ५ हजार मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका तस्वीरहरू आफ्नो क्यामेरामा कैद गर्न सफल भएका हुन् ।

उपहारमा पाएको हिउँ चितुवा

- करनबहादुर शाह - पाँचवटा भेडाहरुलाई दश-दश दिनसम्म लेकका विभिन्न ठाउँहरुमा उनीहरूले बाँधेर राखेका थिए तर एउटालाई पनि हिउँ चितुवाले मारेन। बरु एघारौं र बाह्रौं दिनमा एउटा भेडालाई रातो भालुले र अर्कोलाई ब्वाँसोले खायो। हिउँ चितुवालाई क्यामेरामा कैद गर्न भेडाको चारो थापिएको थियो। हुम्ला जिल्लाको