इरानले सलमान रुस्दीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ । अमेरिकाको न्युयोर्कमा भएको आक्रमणमा संलग्न व्यक्तिसँग आफ्नो कुनै सम्बन्ध नभएको इरानले दाबी गरेको हो ।
अमेरिकाको न्युयोर्कमा शुक्रवार एउटा कार्यक्रममा छुरा प्रहार भएपछि ७५ वर्षीय रुस्दीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । उहाँलाई एक दिन भेन्टिलेटरमा राखिएको थियो । अहिले स्वास्थ्यमा केही सुधार भएको छ । यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुस्दीमाथि आक्रमण भएपछि इरानले खुसी व्यक्त गरेको आरोप लगाउनु भएको थियो । तर इरानी विदेश मन्त्रालयका प्रवक्...