२० असार, जनकपुरधाम । सर्लाहीमा बरामद भएको ठूलो मात्राको लागूऔषधमा प्रहरीकै संलग्नता देखिएको छ । संलग्नता देखिएपछि ती प्रहरीलाई समातेर प्रहरीले अन्य अनुसन्धानलाई अघि बढाएको छ । सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीका अनुसार इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोधकुमार सिंहको बरामद भएको लागूऔषधमा संलग्नता देखिएको बताए । बिहीबार लालबन्दी नगरपालिका १ नवलपुरस्थित […]