रुकुम पूर्वमा स्थानीय तह निर्वाचनका बेला भएको व्यक्ति हत्या आरोपमा पक्राउ परेका तीन जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । गत वैशाख ३० मा सम्पन्न निर्वाचनमा पुथाउत्तरंगा गाउँपालिका–११, का नवनिर्वाचित अध्यक्ष कुमार सिंह, निवर्तमान अध्यक्ष जयकुमार बुढा र स्थानीय अर्जुनकुमार बुढा पक्राउ परेका थिए ।