वृद्ध दम्पतीलाई बेडसहित अपहरण गरी हत्या गर्ने सातजना जेल चलान

अजय साहजनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिकामा घरमा सुतिरहेकै ठाउँबाट वृद्ध दम्पतीलाई बेडसहित अपहरण गरेर हत्या गरेको आरोपमा ७ जना जेल चलान भएका छन्।गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा पिपरा गाउँपालिका-५ सोहडवा बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले सात जनालाई आज (शुक्रबार) जेल चलान गरेको हो।जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका झा दम्पतीका छोरा मनिष झाको जाहेरी

सम्बन्धित सामग्री

दाङका व्यापारीको अपहरण र हत्या अभियुक्तहरु जेल चलान

दाङका व्यापारीको अपरहण तथा हत्या काण्डमा सम्लग्न ११ जना अभियुक्तहरुलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । दाङका व्यापारीहरु राजकुमार श्रेष्ठ र रणबहादुर घर्तीको अपहरणपछि हत्या गरेको अभियोगमा पक्राउ परेका ११ जना कारागार चलान भएका हुन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का ३४ वर्षीय खुमबहादुर केसी,  तुलसीपुर १२ का २५ वर्षीय अविरल महतारा, तुलसीपुर ६…