संखुवासभा सामूहिक हत्या प्रकरण: ४ जना पुर्पक्षका लागि जेल चलान, नाबालकलाई सुधारगृह पठाइयो

संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्डका अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । संखुवासभा जिल्ला अदालतले ५ जना अभियुक्तमध्ये ४ जनालाई जेल चलान तथा एक नाबालकलाई सुधारगृह पठाउने आदेश दिएको हो ।गत भदौ २१ गते उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जना सदस्यको हत्या भएको थियो । सुरुमा हत्यामा संलग्न भन्दै भतिजा लोकबहादुर कार्की पक्राउ परेका थिए । पछि कार्कीले अन्य अभियुक्तलाई पनि पोलेपछि हत्यामा अन्य व्यक्तिको पनि संलग्नता खुलेको थियो