काठमाडौं : सरकारले विशेषज्ञ चिकित्सहरूलाई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका लागू गर्न सबै प्रतिष्ठान, संघीय, प्रादेशिक र स्थानीय तह अन्तर्गतका अस्पतालहरूलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै खालका सरकारी अस्पताललाई पत्राचार गर्दै विस्तारित सेवा (इएचएस) सेवा सञ्चालन गर्न र विशेषज्ञ चिकित्सकलाई निजी अभ्यासमा कडाइ गर्न निर्देशन दिएको हो।मन्त्रालयले एक चिकित्सक एक स्वास्थ्य संस्था नीति कार्यान्वयनमा ल्याउन उक्त पत्र पठाएको समेत बताएको छ।