काठमाडौँ– प्रधानमन्त्रीको सरकारी निवास टारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा कीर्ते कसूरको अनुसन्धान गरी मुद्दा दर्ताका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको अनुसन्धान प्रतिवेदन फिर्ता भएको छ । अनुसन्धान ‘अपूर्ण’ भएको भन्दै सरकारी वकिलको कार्यालयले सो प्रतिवेदन सीआईबीलाई फिर्ता पठाएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिका […]