काठमाडौँ : सरकारले शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि र सिकाइ सुधार गर्ने उद्देश्यले ल्याएको हो–‘दिवा खाजा कार्यक्रम’। त्यसो त गत वर्षसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गर्दै आएको थियो।तर मन्त्रालयले चालु आर्थिक वर्षमा भने बजेट अपुग भएको भन्दै कक्षा ५ सम्मलाई मात्रै पुग्ने गरी स्थानीय तहमा रकम पठायो। त्यहीअनुसार हाल कक्षा ५ सम्मलाई मात्रै दिवा खाजा दिने गरिएको छ। सरकारले चालु आव ०८०/८१ मा सरकारी (सामुदायिक) विद्यालयम