काठमाडौँ – टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र पठाएको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएपछि नेपालका सरकारी निकायहरूसँग भएका समझदारीबारे उल्लेख गर्दै टिकटकले पत्र पठाएको हो । टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सम्बोधन गर्दै पत्र पठाएका छन् […]