काठमाडौं । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नेबारे निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकमा सहभागी हुन गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जामन्त्री पम्फा भुसाल बालुवाटार पुगिसकेका छन् । सरकारले बजेट प्रतिस्थापन अध्यादेश पनि ल्याउने तयारी गरिरहेको छ […]