केही अध्यादेश ल्याउन मन्त्रिपरिषद् बैठक बसिरहेको समयमा कानून मन्त्रालयका सचिवलाई बालुवाटार बोलाइएको छ ।
मंगलवार मध्यान्ह बालुवाटारमा बैठक चलिरहेको समयमा कानून सचिव उदयराज सापकोटालाई बालुवाटार बोलाइएको स्रोतले बतायो ।
बालुवाटारमा जारी बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश र बजेट प्रतिस्थापन अध्यादेश ल्याउने तयारी गरेको स्रोतको दाबी छ ।
मन्त्रिपरिषद् बैठकमा मुख्यसचिव मात्र बस्ने गर्छन् । तर आजको बैठकमा कानून सचिवलाई बोलाउनुलाई अर्थपूर्ण ठानिएको छ ।
राजनीतिक दल विभाजनका लागि केन्द्रीय कमिटीमा या सं...