केही अध्यादेश ल्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक मंगलवार बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार मध्यान्ह मन्त्रिपरिषद्को बैठक बसेको हो ।
बैठकले केही अध्यादेश ल्याउने तयारी रहेको स्रोतले बतायो । ‘मन्त्रिपरिषद्को बैठक जारी छ, एजेण्डाबारे हामीलाई थाहा हुने कुरा भएन,’ बालुवाटार स्रोतले लोकान्तरसँग भन्यो ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश र बजेट प्रतिस्थापन अध्यादेश ल्याउने तयारी गरेको स्रोतको दाबी छ ।
नेकपा एमाले विभाजनका लागि सहयोग पुग्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने स...