प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहानका लागि मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्री ओलीले बजेट अध्यादेश सिफारिसका लागि बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।
आजै ४ बजे सरकारले आर्थिक वर्ष २०७८–०७९ को लागि बजेट ल्याउँदैछ । सोही बजेटका लागि राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गर्नका लागि बैठक राखिएको एक मन्त्रीले जानकारी दिए । प्रतिनिधिसभा विघटन रहेकाले सरकारले अध्यादेशमार्फत १६ खर्ब बराबरको बजेट ल्याउन लागेको हो।