डाँडाभरी त्रिशूल, घण्ट, विविध रङका ध्वजापताकाको फरफरावट र सजावट । जलकुण्डको तपतप आवाज । देउरालीजस्तो निकै अग्लो (३,८४२ मिटर) टापु, नीलो आकाश छुनै लागे झैँ । वरिपरि कच्ची बारले घेरिएको लाम्चो आकारको समथर भूमि । चारैतिरको छेउबाट तलतिर नियाल्दा कहालीलाग्दो अग्लो भीर । टाढाटाढासम्म नियाल्दा देखिने मनोरम दृश्य, वर्णन कसरी गर्नु र !
पहिलोपटक वि.सं. २०७६ जेठ १५ मा दोलखाको कालिञ्चोक पुग्दा स्वर्गकै टुक्रामा टेके झैँ अनुभूति भयो । वरिपरि देखिने सुन्दर हिमशिखर र अन्य मनोरम प्राकृतिक दृश्यले मनै फुरूङ्ग पा¥यो । चारैतिर नजर डुलाउँदा देखिएका रोल्वालिङ, लाङ्टाङ, गौरीशङ्कर, जुगल, नुम्बुर, भैरव टाकुरा, लाक्पादोर्जे हिमालमा टाढैबाट भए पनि मन लुट्पुटियो ।
सदरमुकाम चरीकोटबाट करिब १५ किमी उत्तरमा अवस्थित कालिञ्चोक गाउँपालिका । पैदल हिँड्यो भने छ घण्टा लाग्छ रे सदरमुकामदेखि ! २०७४ असारमा पदमार्ग सुरु भएपछि सहजता थपिएको जानकारी पाइयो । जङ्गलबीच उकालो, कच्ची, साँघुरो र हिलाम्मे मनभरी त्रास बर्साउने सडक । त्यसमाथि हामी जाँदै गर्दा डम्म कुहिरो लाग्यो । दरर पानी दक्र्यो । कालो