सप्तकोशी डेभलपमेण्ट बैंक [आधारभूत तथा प्राविधिक विश्लेषण]

साउन २१, काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंकले गत आवको चौथो त्रेमासीक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १०४ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ३ करोड २ लाख नाफा कमाएकोमा गत आवमा वृद्धि भएर रू. ६ करोड १९ लाख ३८ हजारमा पुगेको हो ।  गत आवमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सञ्चालन नाफा अघिल्लो आवको तुलनामा ११२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कम्पनीको वितरण योग्य नाफा रू. ७ करोड ४४ लाख रहेको छ ।  एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यी वितरणयोग्य मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ ।  कम्पनीको लाभांश क्षमता ८ दशमलव ९ प्रतिशत रहेको छ । लाभांश क्षमता वितरण योग्य नाफा/चुक्तापूँजी ×१०० गरेर निकालिन्छ । कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको हो ।  अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ६२ रहेकोमा गत आवमा वृद्धि भएर रू. ७ दशमलव ४२ पुगेको हो ।  चुक्तापूँजी रू. ८३ करोड ४३ लाख ३८ हजार रहेको कम्पनीले जगेडामा रू. ९ करोड ८० लाख र रिटेण्ड अर्निङमा रू. ७ करोड ४४ लाख ९४ हजार सञ्चित गरेको छ ।   गत आवको चौथो त्रैमासमा सम्ममा कम्पनीले रू. ४ अर्ब ५१ करोड १७ लाख ३८ हजार निक्षेप संकलन गरेर रू. ३ अर्ब ९९ करोड ३३ लाख कर्जा लगानी गरेको हो । मूल्य आम्दानी अनुपात ४९ दशमलव १७, तरलता अनुपात ३३ दशमलव ८८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२० दशमलव ६७ रहेको छ ।  प्राविधिक विश्लेषण  मैनबत्ती चित्र :                   ६ मे २०२१                                                                                      ५ अगष्ट २०२१ स्ट्यान्डर्ड डेभिएशन :                          ६ मे २०२१                                                                               ५ अगष्ट २०२१ आरएसआई :                                      ६ मे २०२१                                                                     ५ अगष्ट २०२१ मुभिङ एभरेज :                              ६ मे २०२१                                                                     ५ अगष्ट २०२१   निष्कर्ष : कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी भएको सेतो शरीरको मैनबत्ति बनेको छ । सूटिङ स्टार जस्तो देखिने यो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्तिमा रिभर्सलको संकेत गर्छ ।  आरएसआई ओभरबौज्ट जोन ७१ दशमलव ५४ विन्दुमा छ । यसले शेयर खरिदचाप उच्चरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १३ दशमलव८७ विन्दुमा छ । उतारचढाव सामान्यरहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।  त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुबै मूल्यरेखा भन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ४४६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ४०५मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ६४ कारोबार दिन यताकै उच्च रहेको छ । 

सम्बन्धित सामग्री

प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न

प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालय अन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । जे ९ गते शुरु भएको कार्यक्रम ३ दिन चलेको थियो । सो वर्कसप तथा तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबिए तथा एमबिएममा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्त

सिटिजन्स बैंक इन्टरनेशनल [आधारभूत तथा प्राविधिक विश्लेषण]

असोज २९, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र ३ दशमलव ०८९ प्रतिशत नगद लााभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक १६ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असोज २२ गते एक दिन बुक क्लोज मिति तय गरेको छ । यस आधारमा असोज २० गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रहेको छ । १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर वितरण पछि पूँजी रू. १४ अर्ब २० करोड ९ लाख पुग्नेछ । प्राविधिक विश्लेषण : मैनबत्ति चित्र :                                          १३ जुलाई २०२१                                                        ११ अक्टोबर २०२१ स्ट्यान्डर्ड डेभिएशन :                                          १३ जुलाई २०२१                                                ११ अक्टोबर २०२१ आरएसआई :                                           १३ जुलाई २०२१                                              ११ अक्टोबर २०२१ मुभिङ एभरेज :                                             १३ जुलाई २०२१                                             ११ अक्टोबर २०२१ निष्कर्ष : कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा आगामी कारोबार दिनमा कम्पनीको शेयरमूल्य हालकै प्रवृत्तिमा अघि बढ्ने संकेत गर्छ । आरएसआई ओभरसोल्ड जोन २७ दशमलव ५१ विन्दुमा छ । यसले शेयर विक्री चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३२ दशमलव ५४ विन्दुमा छ । उतारचढाव पनि उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुबै मूल्यरेखा भन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ३३२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू ३७९ मा प्रतिरोध पाउने देखिन्छ ।

माछापुच्छ्रे बैंक [आधारभूत तथा प्राविधिक विश्लेषण]

असोज २७, कामाडौं । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश गरेर कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी कात्तिक २६ गते साधारणसभा आयोजना गरेकोे छ । सभा बिहान ११ बजे होटल पोखरा ग्राण्ड पार्दी, कास्कीमा गर्ने जानकारी गराएको हो । सभा कारोना महामारीलाई मध्यनजर गरेर भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको छ । साथै, सभाले यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न गाभिन तथा वैदेशिक रणनिती साझेदारीमा जान उपयुक्त देखिएको सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी, कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने  सञ्चालकको नियुक्त अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । उक्त साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ७ गते बन्द गर्ने जानकारी गराएको छ । यस अधारमा कात्तिक ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् । प्राविधिक विश्लेषण : मैनबत्ति चित्र                                            १३ जुलाई २०२१                                            ११ अक्टोबर २०२१ स्ट्यान्डर्ड डेभिएशन :                १३ जुलाई २०२१                                                                  ११ अक्टोबर २०२१ आरएसआई :                               १३ जुलाई २०२१                                                        ११ अक्टोबर २०२१ मुभिङ एभरेज :                  १३ जुलाई २०२१                                                               ११ अक्टोबर २०२१ निष्कर्ष : कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र लामो पुच्छर भएको कालो शरीरको मैनबत्ति बनेको छ । यस्तो आकृतिले सो दिनमा कम्पनीको शेयरमूल्य घटेको संकेत गर्छ । यद्यपि पछिल्लो समयका मैनबत्तिहरुलाई अध्ययन गर्दा आगामी बजार उकालो लाग्ने देखिन्छ । आरएसआई न्यूट्रल जोन ४६ दशमलव ४९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव १२ विन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्य रेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ३८६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ३७७ मा टेवा पाउने र महँगिएमा रू ३९१ मा प्रतिरोध पाउने देखिन्छ ।

ज्योति विकास बैंक [आधारभूत तथा प्राविधिक विश्लेषण]

भदौ १३, काठमाडौं । ज्योति विकास बैंकले गत आवको चौथो त्रैमासमा रू. ७४ करोड १६ लाख ८० हजार नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमासको तुलनामा कम्पनीको नाफा ५१ प्रतिशतले वृद्धि भएको हो ।  अघिल्लो आवमा सोही अवधिमा कम्पनीले रू. ४८ करोड ८४ लाख ५६ हजार नाफा कमाएको थियो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव ९७ रहेकोमा गत आवमा वृद्धि भएर रू. १९ दशमलव २९ पुगेको हो । गत आवमा कम्पनीको वितरणयोग्य नाफा रू. ६० करोड ३० लाख ३४ हजार रहेको छ ।  एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । कम्पनीको लाभांश क्षमता १५ दशमलव ६८ प्रतिशत रहेको छ ।  कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको हो । चुक्तापूँजी  रू. ३ अर्ब ८४ करोड ४८ लाख रहेको कम्पनीले जगेडामा रू.८७ करोड ६० लाख ६४ हजार र रिटेण्ड अर्निङमा रू. ६० करोड ५६ लाख ८३ हजार सञ्चित गरेको हो ।  मूल्य आम्दानी अनुपात २४ दशमलव ७८ गुणा, तरलता अनुपात २० दशमलव ७२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ५४ रहेको छ ।                                                                 स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण  प्राविधिक विश्लेषण : मैनबत्ति चित्र :                                    ३१ मे २०२१                                                                                २९अगष्ट २०२१ स्ट्यान्डर्ड डेभिएशन :                                     ३१ मे २०२१                                                                               २९ अगष्ट २०२१ आरएसआई :                                    ३१ मे २०२१                                                                             २९ अगष्ट २०२१ मुभिङ एभरेज :                                   ३१ मे २०२१                                                                   २९ अगष्ट २०२१   निष्कर्ष : कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र पुच्छर भएको कालो मैनबत्ति आकृति बनेको छ ।  यस्तो आकृती कम्पनीको शेयरमूल्य बढ्ने वा घट्नेमा अनिश्चित रहेको संकेत गर्छ । आरएसआई न्यूट्रल जोन ६३ दशमलव ९५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १४ दशमलव४६ विन्दुमा छ ।  उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. ५९३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ५४९ मा टेवा पाउने र महँगिएमा रू ६२३ मा प्रतिरोध पाउने देखिन्छ ।

गरिमा विकास बैंक [आधारभूत तथा प्राविधिक विश्लेषण]

भदौ ११, काठमाडौं । गरिमा विकास बैंकले गत आवमा आकर्षक नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४२ दशमलव ९२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले रू. ५७ करोड ७२ लाख ५५ हजार नाफा कमाएकोमा गत आवमा वृद्धि भएर रू. ८२ करोड ५२ लाख ८८ हजार पुगेको हो ।  गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा १९ प्रतिशत र सञ्चालन नाफा ४३ प्रतिशतले वृद्धि भएको हो ।  त्यसैगरी, गत आवमा नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ८२ रहेकोमा गत आवमा वृद्धि भएर रू. २२ दशमलव ४५ पुगेको छ ।  त्यसैगरी, कम्पनीको वितरणयोग्य नाफा रू. ६० करोड ५७ लाख १२ हजार रहेको छ । यही वितरणयोग्य नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । यस आधारमा कम्पनीको लाभांश क्षमता १६ दशमलव ४७ प्रतिशत रहेको छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको नाफाबाट विभिन्न शीर्षकमा छट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।  यही वितरणयोग्य नाफा ५ चुक्ता पूँजी×१०० गरेर लाभांश क्षमता निकालिन्छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई गत आवमा १३ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७१०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।  १३ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । त्यसैगरी कम्पनीले गत आवसम्म जगेडामा रू. १ अर्ब १९ लाख ९४ हजार, रिटेण्ट अर्निङमा रू. ६१ करोड ५७ लाख ८३ हजार र शेयर प्रिमियमा रू. ९७ हजार ६८ सञ्चित गरेको छ ।  सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू.१४४ दशमलव शून्य १, मूल्य आम्दानी अनुपात २४ दशमलव २३ गुणा र तरलता अनुपात २६ दशमलव ४६ प्रतिशत रहेको छ । यस कम्पनीले सहारा विकास बैंकलाई प्राप्ति गर्ने तयारीमा रहेको छ । सहारा विकास बैंकलाई प्राप्तिपछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार पुग्नेछ ।                                                       स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण    प्राविधिक विश्लेषण : मैनबत्ति चित्र                                 ३० मे २०२१                                                                            २६अगष्ट २०२१ स्ट्यान्डर्ड डेभिएशन                                     ३० मे २०२१                                                                         २६ अगष्ट २०२१ आरएसआई                                    ३० मे २०२१                                                                                 २६ अगष्ट २०२१ मुभिङ एभरेज                                       ३० मे २०२१                                                                         २६ अगष्ट २०२१   निष्कर्ष : कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र पुच्छर भएको सेतो मैनबत्ति आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने सङेकत देखाउँछ ।  पछिल्लो चार दिनको मैनबत्ती हेर्दा अब सपोर्ट पाएर शेयरमूल्य उकालो लाग्ने अनुमान पनि लगाउन सकिन्छ । आरएसआई न्यूट्रल जोन ६४ दशमलव ३५ विन्दुमा छ । यसले शेयर खरिदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।  कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २२ दशमलवशून्य ५ विन्दुमा छ । उतारचढाव सामान्यरहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् ।  हालको मूल्यरेखा यि दुवै मूल्यरेखा भन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ६८५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ६२७ मा टेवा पाउनेर महङ्गिएमा रू ७२० मा प्रतिरोध पाउने देखिन्छ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था [आधारभूत तथा प्राविधिक विश्लेषण]

साउन २५, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिमा कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा खुद नाफा ३ दशमलव २३ गुणा अर्थात् २२३ प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीले अघिल्लो आवमा रू. २८ करोड ४३ लाख ४५ हजार खुद नाफा गरेकोमा गत आवमा वृद्धि भएर रू. ९१ करोड ९१ लाख ७३ हजार पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र कम्पनीले रू. ४ अर्ब २६ करोड २३ लाख २३ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ४३ प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी रू.१ अर्ब ६९ करोड ५० लाख रहेको कम्पनीले जगेडामा रू. २ अर्ब ८० करोड १० लाख ४६ हजार सञ्चित गरेको हो । गत आव सम्ममा कम्पनीले रू. ६ अर्ब ३२ करोड ९५ लाख सापटि लिएर रू. १५ अर्ब ८१ करोड ९२ लाख निक्षेप संकलन गरेर रू. २४ अर्ब ७ करोड ७५ लाख ६३ हजार कर्जा लगानी गरेको हो ।  त्यसैगरी, सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५४ दशमलव २२, मूल्य आम्दानी अनुपात २९ दशमलव ५१ गुणा, तरलता अनुपात १२ दशमलव १७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २६५ दशमलव २५ पुगेको हो । हालसम्ममा कम्पनीले ७७ ओटै जिल्लामा १८१ ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।  प्राविधिक विश्लेषण : मैनबत्ती चित्र :                १० मे २०२१                                                                                   ८ अगष्ट २०२१ स्ट्यान्डर्ड डेभिएशन :           १० मे २०२१                                                                                                     ८ अगष्ट २०२१ आरएसआई :                   १० मे २०२१                                                                                         ८ अगष्ट २०२१ मुभिङ एभरेज :                             १० मे २०२१                                                                              ८ अगष्ट २०२१   निष्कर्ष : कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको लामो कालो शरीरको मैनबत्ति बनेको छ । पछिल्लो तीन दिनको मैनबत्ति हेर्दा ‘थ्री ब्ल्याक क्रोस्’ बनेको छ ।  यसले बजारमा कम्पनीको हालको प्रवृत्तिमा रिभर्सको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव ३८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४५ दशमलव ७३ विन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ ।  त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा माथि छ । अघिल्लो कारोबार दिन आइतवारको शेयरमूल्य रू. १ हजार ७२६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. १ हजार ६४१ मा टेवा पाउने र महंगिएमा १ हजार ७८० मा प्रतिरोध पाउने देखिन्छ ।

डिप्रोक्स लघुवित्त [आधारभूत तथा प्राविधिक विश्लेषण ]

साउन १७, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवमा १५९ प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीले अघिल्लो आवमा रू. २७ करोड ४९ लाख ९१ हजार नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. ७१ करोड ३७ लाख २९ हजार पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।  साथै, कम्पनीले रू. ३८ करोड ९८ लाख ५६ हजार खराब कर्जा उठाउन सफल भएकाले पनि नाफा बढ्न टेवा पुगेको देखिन्छ । खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ४२ प्रतिशत र सञ्चालन नाफा ६५ प्रतिशतले वृद्धि भएको हो ।  अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्तापूँजी रू. १ अर्ब १५ करोड ६२ लाख पुगेको छ । जगेडामा कम्पनीले रू. १ अर्ब २९ करोड ४५ लाख ७८ हजार सञ्चित गरेको छ ।  गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ७ अर्ब ७८ करोड ४० लाख ६ हजार सापटी लिएर, रू. ६ अर्ब ५४ करोड १७ लाख ६७ हजार निक्षेप संकलन गरेर रू. १५ अर्ब २३ करोड ३८ लाख ४१ हजार कर्जा लगानी गरेको हो ।  गत आवमा कम्पनीको खराब कर्जा संकलनमा वृद्धि भएसँगै निष्क्रिय कर्जा घटेको छ । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ४७ प्रतिशत रहेकोमा गत आवमा घटेर शून्य दशमलव ९२ प्रतिशत कायम भएको हो । प्रतिशेयर आम्दानी रू. ६१ दशमलव ७३,मूल्य आम्दानी अनुपात २७ दशमलव ३१ गुणा, तरलता अनुपात ९ दशमलव ८५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २११ दशमलव ९६ रहेको छ । प्राविधिक विश्लेषण : मैनबत्ती चित्र :      २ मे २०२१                                                                                                         १अगष्ट २०२१ स्ट्यान्डर्ड डेभिएशन :              २ मे २०२१                                                                                   १ अगष्ट २०२१ आरएसआई :                   २ मे २०२१                                                                                          १ अगष्ट २०२१ मुभिङ एभरेज : २ मे २०२१                                                                                १ अगष्ट २०२१   निष्कर्ष : कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी भएको सेतो शरीरको मैनबत्ति बनेको छ । सुटिङ स्टार जस्तो देखिने यो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्तिमा रिभर्सलको संकेत गर्छ ।  आरएसआई ओभरबौज्ट जोन ७२ दशमलव ८२ विन्दुमा छ । यसले शेयर खरीद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३६ दशमलव ६३ विन्दुमा छ ।  यसले उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एक आपसमा टाढिएका छन् ।  हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. १ हजार ८५५देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. १ हजार ७८९ मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ६४ कारोबार दिन यताकै उच्च रहेको छ ।

एक सातापछि ७९ अंकले बढ्यो सेयर बजार, टिक्ला त वृद्धिदर?

सेयर बजारबारे प्राविधिक विश्लेषण गर्दै आएका राजु मुनिकारले माथिल्लो बिन्दु २९८० को अंक पार नगरेसम्म दीर्घकालीन रुपमा बजार माथि बढ्ने संभावना नदेखिएको बताए।

सकिएकै हो त सेयर बजारको 'बुल', के छ प्राविधिक विश्लेषण?

‘यो बुलको चरणमा न्यूनतम ११५० को विन्दुबाट ३ हजार २६ पुगेर फर्केको अवस्था छ, यति धेरै अंक पार गरिसक्दा केही सुधार आउनु स्वभाविक हो’ उनले भने।  माथिल्लो बिन्दु २९८० को अंक पार नगरेसम्म दीर्घकालीन रुपमा बजार माथि बढ्ने संभावना नदेखिएको उनले बताए।