ज्योति विकास बैंक [आधारभूत तथा प्राविधिक विश्लेषण]

भदौ १३, काठमाडौं । ज्योति विकास बैंकले गत आवको चौथो त्रैमासमा रू. ७४ करोड १६ लाख ८० हजार नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमासको तुलनामा कम्पनीको नाफा ५१ प्रतिशतले वृद्धि भएको हो ।  अघिल्लो आवमा सोही अवधिमा कम्पनीले रू. ४८ करोड ८४ लाख ५६ हजार नाफा कमाएको थियो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव ९७ रहेकोमा गत आवमा वृद्धि भएर रू. १९ दशमलव २९ पुगेको हो । गत आवमा कम्पनीको वितरणयोग्य नाफा रू. ६० करोड ३० लाख ३४ हजार रहेको छ ।  एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । कम्पनीको लाभांश क्षमता १५ दशमलव ६८ प्रतिशत रहेको छ ।  कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको हो । चुक्तापूँजी  रू. ३ अर्ब ८४ करोड ४८ लाख रहेको कम्पनीले जगेडामा रू.८७ करोड ६० लाख ६४ हजार र रिटेण्ड अर्निङमा रू. ६० करोड ५६ लाख ८३ हजार सञ्चित गरेको हो ।  मूल्य आम्दानी अनुपात २४ दशमलव ७८ गुणा, तरलता अनुपात २० दशमलव ७२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ५४ रहेको छ ।                                                                 स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण  प्राविधिक विश्लेषण : मैनबत्ति चित्र :                                    ३१ मे २०२१                                                                                २९अगष्ट २०२१ स्ट्यान्डर्ड डेभिएशन :                                     ३१ मे २०२१                                                                               २९ अगष्ट २०२१ आरएसआई :                                    ३१ मे २०२१                                                                             २९ अगष्ट २०२१ मुभिङ एभरेज :                                   ३१ मे २०२१                                                                   २९ अगष्ट २०२१   निष्कर्ष : कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र पुच्छर भएको कालो मैनबत्ति आकृति बनेको छ ।  यस्तो आकृती कम्पनीको शेयरमूल्य बढ्ने वा घट्नेमा अनिश्चित रहेको संकेत गर्छ । आरएसआई न्यूट्रल जोन ६३ दशमलव ९५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १४ दशमलव४६ विन्दुमा छ ।  उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. ५९३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ५४९ मा टेवा पाउने र महँगिएमा रू ६२३ मा प्रतिरोध पाउने देखिन्छ ।

सम्बन्धित सामग्री

ज्योति विकास बैंक र होटल सेन्ट्रल प्लाजाबीच सम्झौता

ज्योति विकास बैंक र कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजाबीच बैंकका ग्राहकलाई १५ प्रतिशत छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा होटलका बजार व्यवस्थापन प्रमुख रमेशकुमार पाठक र बैंकमा कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझीले हस्ताक्षर गरेका छन् ।बैंकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्नेलाई सेवामा थप छुट दिन सो सम्झौता गरेको जनाइएको छ […]

‘९% ज्योति विकास बैंक बण्ड २०८७’ सूचीकृत

ज्योति विकास बैंकले निष्कासन गरेको १.५ अर्ब बराबरको ‘९% ज्योति विकास बैंक बण्ड २०८७’ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ ।आइतबार सो ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर छन् । अब सो ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने कम्पनीले जनाएको […]

ज्योति विकास बैंक र नाट्टाबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)बीच सहकार्यका लागि सम्झौता भएको छ । नाट्टाको वार्षिक साधारणसभाको अवसर पारेर संस्थामा आबद्ध व्यवसायी र कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ...

ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्बीच सम्झौता

काठमाडौँ – ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्बीच सहकार्यको लागि सम्झौता भएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्को वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो। सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब […]

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ । एफवीनमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल महिला उद्यमी महासंघका तर्फबाट एफवीनकी […]

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ। एफवीनमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो। आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र र नेपाल महिला उद्यमी महासंघका तर्फबाट एफवीनकी अध्यक्ष रीता सिम्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  सम्झौता अनुसार बैंकले एफवीनमा आबद्ध व्यवसायीहरु तथा त

ज्योति विकास बैंक र क्यानबीच सम्झौता

ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बीच सम्झौता भएको छ । विभिन्न देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवद्र्धनका लागि सहकार्य गर्ने बारे दवै संस्थाबीच सहमति भएको हो । दुई संस्थाले संयुक्त रूपमा देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवद्र्धन, तालिम र सेवा विस्तार तथा कार्यान्वयनको लागि कार्यक्रमहरू […]

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसिएसनबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसिएसन नेपाल (रेबान) बीच सहकार्यका लागि सम्झौता भएको छ । रेबानमा आबद्ध व्यवसायीर त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुईपक्षबीच सम्झौता भएको हो । आइतबार एक कार्यक्रमकाबीच बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र नेपाल रेष्टुरेण्ट तथा बार एशोसिएसन नेपालका […]

ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडी खरिदको लागि कर्जा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् । सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी […]