मिर्मिरे लघुवित्त वित्तीय संस्था [ चौथो त्रैमासिक वित्तीय अवस्था तथा प्राविधिक विश्लेषण ]

साउन १५, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  कम्पनीले आकर्षक मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ५ दशमलव ८ गुणाले वृद्धि भएको हो ।  कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू.३ करोड ४३ लाख ९३ हजार नाफा कमाएकोमा गत आवको सोही अवधिमा रू.२० करोड १ लाख पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।   अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १२९ प्रतिशत र सञ्चालन नाफा ४९० प्रतिशतले वृद्धि भएको छ । साथै कम्पनीले अघिल्लो आवमा भन्दा गत आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएकाले पनि नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो वर्ष सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ६ करोड १२ लाख छुट्याएको उक्त कम्पनीले गत आवमा रू. १० लाख ४ हजार छुट्याएको हो । चुक्तापूँजी रू. ४३ करोड ५० लाख ७१ हजार रहेको कम्पनीले जगेडा कोषमा भने रू. ३४ करोड ५३ लाख ३९ हजार छुट्याएको छ ।   गत आवको तेस्रो त्रैमाससम्ममा रू.४ अर्ब ५९ करोड २१ लाख ३३ हजार सापटि लिएर,रू.१ अर्ब ८८ करोड ३५ लाख निक्षेप संकलन गरेर कम्पनीले रू. ६ अर्ब ७७ करोड १९ लाख २६ हजार कर्जा लगानी गरेको छ ।  त्यसैगरी कम्पनीको निष्क्रिय कर्जा अघिल्लो आवमा २ दशमलव ९४ प्रतिशत रहेको गत आवमा १ दशमलव ९९ प्रतिशत कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी  ४६ प्रतिशत,मूल्य आम्दानी अनुपात ४० दशमलव २२,मूल्य आम्दानी अनुपात ३३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१७९ दशमलव ३८ रहेको छ ।  हालसम्ममा कम्पनीले १४७ ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई गत वर्ष ९ दशमलव १९ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।  एफपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएसँगै कम्पनीको एफपीओ प्रक्रिया पनि अगाडि बढिसकेको छ । कम्पनीले निष्कासन गर्ने एफपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्यम रहेको देखाउँछ ।साथै कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको भन्ने पनि देखाउँछ ।  कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो ।  उक्त एफपीअ‍ो निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्टसँग सम्झौता गरिसकको छ । आवश्यक प्रक्रिया पुरा गरी  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र  कम्पनीले एफपीओे निष्कासन गर्नेछ । कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । नागवेली लघुवित्त सूचीकृत कम्पनी हो भने स्वेडा लघुवित्त सूचीकृत कम्पनी होइन । सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई प्राप्ति गरेपश्चात शेयर संरचना मिलाउनको लागि एफपीओ निष्कासन गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । प्राविधिक विश्लेषण  मैनबत्ती चित्र   स्ट्यान्डर्ड डेभिएशन :   आरएसआई     मुभिङ एभरेज : २ मे २०२१                                                                                                   २९ जुलाई २०२१ निष्कर्ष : कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी भएको कालो शरीरको मैनबत्ति बनेको छ । इन्भर्टेड ह्याम्मर जस्तो देखिने यो आकृतिले बजारमा कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्सल रहनेसंकेत गर्छ । आरएसआई न्युट्रल जोन ६६ दशमलव ८२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १६ दशमलव  ६३ विन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुबै मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. १ हजार ९६०देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. १ हजार ९२५मा टेवा पाउनेर महँगिएमा रू. २ हजारमा प्रतिरोध पाउने देखिन्छ ।

सम्बन्धित सामग्री

नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । आइतवार एक कार्यक्रमका बीच लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र मर्चेण्टका प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।  सम्झौतापत्र अनुसार शेयर दाखिला खारेज, नामसारी, धितो बन्धक, अभौतिकीकरण लगायत शेयर रजिष्टे्रशन सम्बन्धी सम्पूर्ण काम मर्चेण्टले गर्ने बताइएको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई गत फागुन ३० देखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।

नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । आइतवार एक कार्यक्रमका बीच लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र मर्चेण्टका प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।  सम्झौतापत्र अनुसार शेयर दाखिला खारेज, नामसारी, धितो बन्धक, अभौतिकीकरण लगायत शेयर रजिष्टे्रशन सम्बन्धी सम्पूर्ण काम मर्चेण्टले गर्ने बताइएको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई गत फागुन ३० देखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।

नेरुडे र मिर्मिरे लघुुवित्त मर्जरका लागि प्रारम्भिक समझदारी

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था आपसमा गाभ्ने–गाभिने (मर्जर हुने) भएका छन् । दुई संस्थाले मर्जर सम्बन्धमा...

नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जर सहमति, आधारभूत लगानीकर्ताको कारोबार रोक्का

काठमाडौं। नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था गाभिने भएका छन्। दुई संस्थाबीच मर्जरमा जाने सम्झौता

मिर्मिरे र नेरुडे लघुवित्त बराबरी हैसियतमा मर्जरमा जाने

१२ पुस काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने/गाभिने -मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुई संस्थाबीच ११ पुस सोमबारको दिन मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुई संस्थाबीच १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने सहमति भएको स्रोतले जनाएको छ […]

मिर्मिरे लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, ४ असोज २०७८)

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी रु. ४३ करोड ५० लाख ७१ हजार रहेको छ । २० प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. ५२ करोड २० लाख ८५ हजार पुग्नेछ । यस कम्पनीले आव ०७६/७७ र ०७७/७८ मा दुई कम्पनीलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको हुँदा आयकर ऐनबमोजिम शेयरधनीलाई बोनस शेयर वितरण गर्दा कर नलाग्ने जानकारी गराएको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई ९ दशमलव १९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी लामो पुच्छरसहितको कालो मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको कारोबार हालकै प्रवृत्तिमै निरन्तर रहने संकेत गर्छ । आरएसआई ओभरसोल्ड जोन २५ दशमलव ५६ बिन्दुमा छ । यसले शेयर बिक्री चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४७ दशमलव ९६ बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । बिहीबारको शेयर मूल्य रु. १ हजार ५५७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिए रु. १ हजार ७३५ मा प्रतिरोध पाउने देखिन्छ । कम्पनीको सो दिनको मूल्य ६१ कारोबार दिनयताकै न्यून रहेको छ ।

मिर्मिरे लघुवित्तको संचालक समितिको बैठकले गर्यो २० प्रतिशत बोनश शेयर प्रस्ताव

काठमाडौं, ३१ साउन । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिबार (हिजो) बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ चुक्तापुँजीको आधारमा संस्थाले उक्त बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो […]

क्यान्सर रोग पिडितलाई मिर्मिरे लघुवित्तको आर्थिक सहयोग

काठमाडौं, १२ बैशाख । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले क्यान्सर रोग पिडितलाई आर्थिक सहयोग गरेको छ । शाखा कार्यालय रुकुमकोटमा कार्यरत कर्मचारी सुनिता गौतमका पति तिलक गौतमलाई क्यान्सर रोगको उपचार्थका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको संस्थाले जनाएको छ । संस्थाको अनुसार क्यान्सर अस्पताल चितवनमा करिब ४ महिना बसाई पश्चात आर्थिक अवस्था नाजुक भएर उपचार खर्च […]

राष्ट्रियस्तरको लघुवित्त बन्यो मिर्मिरे

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरको लघुवित्त संस्था बनेको छ । नेपाल राष्ट्र बैंकले

मिर्मिरे लघुवित्त र शाकाहारी पार्टीको संयुक्त पहलमा खाना वितरण

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र  शाकाहारी पाटीको संयुक्त पहलमा काठमाडौँ