माछापुच्छ्रे बैंक [आधारभूत तथा प्राविधिक विश्लेषण]

असोज २७, कामाडौं । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश गरेर कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी कात्तिक २६ गते साधारणसभा आयोजना गरेकोे छ । सभा बिहान ११ बजे होटल पोखरा ग्राण्ड पार्दी, कास्कीमा गर्ने जानकारी गराएको हो । सभा कारोना महामारीलाई मध्यनजर गरेर भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको छ । साथै, सभाले यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न गाभिन तथा वैदेशिक रणनिती साझेदारीमा जान उपयुक्त देखिएको सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी, कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने  सञ्चालकको नियुक्त अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । उक्त साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ७ गते बन्द गर्ने जानकारी गराएको छ । यस अधारमा कात्तिक ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् । प्राविधिक विश्लेषण : मैनबत्ति चित्र                                            १३ जुलाई २०२१                                            ११ अक्टोबर २०२१ स्ट्यान्डर्ड डेभिएशन :                १३ जुलाई २०२१                                                                  ११ अक्टोबर २०२१ आरएसआई :                               १३ जुलाई २०२१                                                        ११ अक्टोबर २०२१ मुभिङ एभरेज :                  १३ जुलाई २०२१                                                               ११ अक्टोबर २०२१ निष्कर्ष : कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र लामो पुच्छर भएको कालो शरीरको मैनबत्ति बनेको छ । यस्तो आकृतिले सो दिनमा कम्पनीको शेयरमूल्य घटेको संकेत गर्छ । यद्यपि पछिल्लो समयका मैनबत्तिहरुलाई अध्ययन गर्दा आगामी बजार उकालो लाग्ने देखिन्छ । आरएसआई न्यूट्रल जोन ४६ दशमलव ४९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव १२ विन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्य रेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ३८६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ३७७ मा टेवा पाउने र महँगिएमा रू ३९१ मा प्रतिरोध पाउने देखिन्छ ।

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंक दुईवटा अवार्डबाट सम्मानित

माछापुच्छ्रे बैंक दुईवटा अवार्डबाट सम्मानित भएको छ । बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट कार्ड्स र एक्सिलेन्स इन पीओएस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको हो ।

माछापुच्छ्रे बैंक सम्मानित

माछापुच्छ्रे बैंक लिमिटेड, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सम्मानित भएको छ । बैंकले बैंकिङ क्षेत्र तर्फको सर्टिफिकेट अफ मेरिट अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारर्दशिता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरेको हो […]

माछापुच्छ्रे बैंक २३ औं वर्षमा प्रवेश

काठमाडौं । माछापुच्छ्रे बैंक २२ औं वर्षपार गरी २३ औं वर्षमा प्रवेश गरेको छ । यो बैंक २२ वर्ष अघि पोखरामा क्षेत्रीय बैंकको रुपमा स्थापना भएको थियो । ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनिय योगदानको फलस्वरुप आजको दिनमा आइपुग्दा व्यावसायिक बैंकहरुमा अब्बल बैंकको रुपमा स्थापित हुन सफल […]

माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारिक बैंकिङ पार्टनर

काठमाडौं । माछापुच्छ्रे बैंक र फुडमाण्डु प्रालिबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारिक बैंकिङ पार्टनर हुने जनाइएको छ । सम्झौतामा फुडमाण्डुको तर्फबाट अध्यक्ष मनोहर अधिकारी र माछापुच्छ्रे बैंकको तर्फबाट चिफ बिजनेश अफिसर टिका भट्टराईले हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा बैंकका चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदीको पनि उपस्थिति […]

माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै बैंकले दिने तीन करोडसम्मका कृषि कर्जाहरुको कर्जा सुरक्षण हुने बैंकले जनाएको छ । यसअघि माछापुच्छ्रे बैंकले […]

माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यवसायिक सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यवसायिक सहकार्य गर्ने सम्झौताभएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डु प्रा.लि. को आधिकारीक बैंकिङ्ग पार्टनर हुनेछ । फुडमाण्डुको तर्फबाट अध्यक्षश्री मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट चिफबिजनेश अफिसर श्री टिका भट्टराईले, बैंककाचिफ डिजिटल बैंकिङ्ग अफिसर माधव सुवेदीको उपस्थितिमा हस्ताक्षर गर्नुभयो । साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले फुडमाण्डुमा आवद्ध भएका […]

माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् बीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् द्धारा संचालित मोको डिजिटल वालेटबीच कार्ड मार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्ने छन् । ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क […]

माछापुच्छ्रे बैंक र फेकनबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंकले फ्रि एजुकेसन कन्सलटेन्सी अर्गनाइजेसन नेपाल (फेकन) सँग आबद्ध कन्सलटेन्सीहरुलाई सरल र सहज रुपमा शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ सेवा उपलब्ध गराउने भएको छ । माछापुच्छ्रे बैंक र फेकनबीच बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यवसायिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल र बैंकको तर्फबाट प्रमुख व्यवसाय […]

माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्जबीच सम्झौता

दुबईमा रहेका नेपालीहरुलाई सहज रुपमा नेपाल पैसा पठाउन माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्ज बीच सम्झौता भएको छ । त्यहाँ रहेका नेपालीहरु माझ बैंकको सेवालाई विस्तार गर्ने उद्देश्यले दुबईस्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग व्यावसायिक सम्झौता गरेको हो ।सरफ एक्सचेन्जको तर्फबाट महाप्रबन्धक सुरेशकुमार र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् […]

माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्जबीच सम्झौता

माछापुच्छ्रे  बैंक लि.ले दुबई स्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसंग व्यवसायीक सम्झौता गरेको छ ।  उक्त सम्झौतापत्रमा सरफ एक्सचेन्जको तर्फबाट महाप्रबन्धक सुरेश कुमार तथा माछापुच्छ्रे बैंक लि.को  तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।  उक्त सम्झौता पश्चात अव दुबईमा रहेका नेपालीहरुले दुबईस्थित सरफ एक्सचेन्जका सम्पूर्ण शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका देशभर रहेका सम्पूर्ण शाखा तथा ७ हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिल्यै भुक्तानी लिन सकिने छ ।  ...