स्कोडा कुशाकले नेपाली अटोमोबाइल बजारमा स्कोडा ब्रान्डलाई पुनःस्थापना गरिरहेको छ । सेडानको विक्रीमा निर्भर स्कोडा नेपालको साखलाई माथि उठाउन कुशाकले राम्रै योगदान दिइरहेको छ । नेपालमा सार्वजनिक गरेको तीन महिनामै स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दुई सय पचास युनिट कुशाक विक्री गरिसकेको छ । यो ‘सी–सेग्मेन्ट’को नयाँ एसयुभीले स्कोडाको सेल्सलाई ‘भोलुम’मा लाने संकेत दिइसकेको छ । स्कोडा कुशाकले नेपालमा जस्तै भारतमा कमाल गरिरहेको छ । भारतमा सार्वजनिक भए