एकैदिन ७५ वटा स्कोडा कुशाक डेलिभरी

नेपाली बजारमा स्कोडा कुशाकको माग बढेको छ। स्कोडा कुशाक नेपाली अटो बजारमा दुई साताअघि सार्वजनिक भएको हो।

सम्बन्धित सामग्री

चलायमान बन्दै अटोमोबाइल बजार

काठमाडौं । वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा खुकुलो भएको करीब १ महीना बजारमा मागै नदेखिएको अटोमोबाइलको बजार अहिले भने चलायमान हुन थालेको छ । व्यवसायीहरूका अनुसार बजारमा सवारीसाधनबारे सोधपुछ गर्ने र बुकिङ गर्नेको संख्या उकालो लाग्दै गएको छ । कोभिडको दोस्रो लहरका कारण गत वैशाख १६ गतेदेखि भएको निषेधाज्ञाका कारण ठप्प रहेको अटोमोबाइल क्षेत्र गत असार दोस्रो सातादेखि खुलेको थियो । शोरूम खुले पनि शोरूममा सवारीसाधनबारे बुझ्न आउने ठप्पै भएको गुनासो व्यवसायीहरूले गर्दै आएका थिए । बजार खुलेको करीब १ महीनासम्म सोधपुछका लागि आउने पनि कोही नभएकोमा अहिले भने माग बढ्न थालेको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल बताउँछन् । स्कोडाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले गत साता ७५ ओटा नयाँ स्कोडा कुशाक डेलिभरी गरेको थियो । तीन साताअघि सार्वजनिक उक्त मोडललाई काठमाडौंसहित देशभरिका शोरूमबाट आएको मागअनुसार कम्पनीले डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक रौनक अग्रवालले बताए । कम मूल्य पर्ने इन्ट्री लेभलका गाडीको विक्री बजारमा राम्रो देखिएको उच्च मूल्यका एसयूभी गाडीको माग पनि बढेको व्यवसायीहरूले बताएका छन् । जीपको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू नेपालका प्रबन्धक रमेश धनेखुले सोधपुछ गर्न आउनेको संख्या उच्च रहेको बताए । निषेधाज्ञाको अन्योलका कारण अहिले विक्री भने अपेक्षाअनुसार नबढेको उनी बताउँछन् । ‘विक्री पनि छ तर हाम्रो अपेक्षाअनुसारको विक्री छैन,’ उनले भने, ‘अहिले निषेधाज्ञाकै विषयमा अन्योलमा रहेकाले माग सोचेजति राम्रो देखिएको छैन ।’ निसानको डिलर मेगा मोटर्सका प्रबन्ध निर्देशक महेश पालले सवारीको विक्री बढेको बताए । अघिल्लो वर्षको भन्दा करीब ३५ प्रतिशतले विक्री बढेको बताउँदै उनले धेरैले दशैंको अफर कुरिरहेको जानकारी दिए । अहिले म्याग्नेट गाडी पूरै विक्री भइसकेको बताउँदै उनले माग धेरै राम्रो रहेको बताउँछन् । कोभिडको संक्रमण बढ्दै गएकाले फेरि निषेधाज्ञा हुन्छ कि भन्ने त्रासले अहिले खरीद गर्नेभन्दा पनि बुकिङ गर्नेको संख्या बढेको उनले बताए । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले कोभिडपछि पछिल्लो १ वर्ष निजी गाडीको माग राम्रो रहेको बताए । निषेधाज्ञाका बेला प्रभावित भए पनि अरू बेला माग राम्रो रहेको उनी बताउँछन् । ‘गत आर्थिक वर्षमा करीब ६ महीना लामो बन्दाबन्दीकै बेला पनि अटोमोबाइलको विक्री त्यसको अघिल्लो वर्षको भन्दा राम्रो देखियो,’ उनले भने, ‘निजी सवारीप्रतिको आकर्षण हेर्दा यस वर्ष विक्री अझै राम्रो हुने अपेक्षा हामीले गरेका छौं ।’ अहिले संक्रमण नघटेकाले फेरि बन्द हुन्छ कि भन्ने त्रासका रहे पनि बजार चलायमान रहेको उनले बताए । उनका अनुसार गत आवमाा निजी सवारी जीप, कार, भ्यान र मोटरसाइकल तथा स्कुटरको विक्री बढ्दै कुल ४ लाख ७४ हजार ६७९ ओटा यातायात साधन आयात भएका थिए । यो त्यसको अघिल्लो वर्षको भन्दा १ लाख ४ हजारले बढी हो ।

एकै दिन ७५ युनिट स्कोडा कुशाकको डेलिभरी

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एकै दिन ७५ वटा नयाँ स्कोडा कुशाक डेलिभरी दिएको छ । एमएडब्लुले डा. समिरमणि दिक्षित, शिक्षित भट्ट, अभिनेता अनुपविक्रम शाही र भ्लगर सिसन बानियाँसहित ७५ जनालाई नयाँ स्कोडा कुशाक डेलिभरी दिएको हो । स्कोडा कुशाक दुई साताअघि नेपालमा सार्वजनिक गरिएको थियो ।...

एकैदिन ७५ वटा स्कोडा कुशाक डेलिभरी

सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिने कम्पनीले जनाएको छ

एकै दिन ७५ युनिट स्कोडा कुशाकको डेलिभरी

नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबार काठमाडौं लगायत देशभरका शोरुमबाट एकै दिन ७५ वटा नयाँ स्कोडा कुशाक डेलिभरी दिएको छ । एमएडब्लुले बुधबार चर्चित मिडिया व्यक्तित्व डा. समीरमणि दिक्षित, टुटलका सिइओ शिक्षित भट्ट, अभिनेता अनुप विक्रम शाही र भ्लगर सिसन बानियाँलाई पनि नयाँ स्कोडा कुशाक डेलिभरी दिएको हो । दुई साताअघि सार्वजनिक गरिएको […]

एकै दिन स्कोडा कुशाकको ७५ युनिट डेलिभरी

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबार काठमाडौं लगायत देशभरका शोरुमबाट एकै दिन ७५ वटा नयाँ स्कोडा कुशाक डेलिभरी दिएको छ । एमएडब्लुले बुधबार चर्चित मिडिया व्यक्तित्व डा. समीरमणि दिक्षित, टुटलका सिइओ शिक्षित भट्ट, अभिनेता अनुप विक्रम शाही र भ्लगर सिसन बानियाँलाई पनि नयाँ स्कोडा कुशाक डेलिभरी दिएको हो ।दुई साताअघि सार्वजनिक गरिएको स्कोडा कुशाक एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध छ । कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगतमा दमदार उपस्थिति