डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएको कात्तिक २२ गते ६ जनाको ज्यान जाने गरी आएको भूकम्पले घरबार विहीन भएका पीडितहरुलाई चिसोले निकै सताउन थालेको छ । भूकम्प गएको करिब साढे दुई महिना बितिसक्दा पनि सरकारले पीडित परिवारको पुनःस्थापना तथा अस्थायी संरचना निर्माणमा चासो नदेखाउँदा पीडितहरुलाई समस्या भएको छ ।
सबैभन्दा बढी सुत्केरी, महिनावारी भएका महिला, बालबालिका तथा वृद्धवृद्धाहरुलाई समस्या हुँदै आएको स्थानीय पदम बोहराले दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, ‘बस्नलाई घर छैन, सरकारले केह...