अघिल्लो राति परेको पानीले ओत लाग्ने छानोबाट चुहिएको पानीले लत्ताकपडा भिजाएको रहेछ। ‘छानो भन्नुको मात्रै हो, पानी जति भित्र पस्छ,’ कुशुमले भिजेका कपडा सुकाउँदै भनिन्, ‘आजभोलि त यस्तो छ, अझ वर्खा लाग्यो भने कसरी बस्ने होला?’

भूकम्पले घरबारविहीन बनाएपछि त्रिपालमा बस्दै आएका जाजरकोटका भूकम्प पीडितलाई मङ्सिर भित्र अस्थायी आवासमा सार्ने भन्दै सङ्घीय सरकारले पठाएको ५० करोड रुपैयाँ पालिकाको खातामा गएर थन्किएको छ । पालिकाले लाभग्राही पहिचान गरी सम्झौता गर्ने प्रक्रियामा भइरहेको ढिलाइ गरेका कारण रकम थन्किएको हो ।