काठमाडौं : केही दशकयता फिल्म मनोरञ्जनको प्रमुख साधन बनेको छ। मनोरञ्जन मात्र नभएर समाज रुपान्तरणमा समेत यसको विशेष भूमिका रहेको छ।फिल्ममा हरेक वर्ष खर्बौंको कारोबार हुने गर्छ। तर सन् २०२० देखि फैलन सुरु गरेको कोरोना भाइरसको महामारीले अन्य क्षेत्रलाई जस्तै फिल्मलाई पनि ठूलो असर पार्यो। लामो समय फिल्म हलहरु बन्द रहे। यहाँ हुने लगानीमा पनि गिरावट आयो।कोरोनाकाल सुरु हुनुभन्दा पहिले नै प्रदर्शनको लागि तयार पारिएका सिनेमा पनि यसको चपेटामा परे। त्यतिबेलै प्रदर्शन मिति तोकेका धेरै फिल्मले अझै पनि प्रदर्श