मोरङ – मोरङको विराटनगर महानगरपालिकाले ट्राफिक चौकदेखि जनआन्दोलन चौकसम्मको सडकखण्डलाई नयाँ स्वरुप दिँदैछ। महानगरपालिकाले सडकको उत्तरतर्फ सानो वाटरबडी (फाउन्टेन), कार्यक्रम गर्नका लागि सहज हुने एम्फी थिएटर स्टेजको संरचना बनाउन लागेको हो। १३९ मिटरको लम्बाइ र ११ मिटर चौडाइ रहेको सो सडक क्षेत्रमा हरियाली प्रवर्द्धन गर्दै महानगरले सडकको दक्षिणतर्फ सवारी कुदाउन मिल्ने खाली स्थान रहने जनाएको […]