काठमाडौं : आज आठौं संविधान दिवस। विविध सांस्कृतिक कार्यक्रम आयोजना गरि आज देशभर यो दिवस मनाइँदैछ।
यसबिच राजधानीमा भने राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले संविधान दिवसको विरोधमा प्रदर्शन गरेको छ।
माइतिघरमा संविधान जलाएर उनीहरुले विरोध जनाएका हुन्। संघीय गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै उनीहरुले 'कालो संविधान' भन्दै नारा लगाएका थिए। त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।
प्रहरीले प्रदर्शनकारीहरुलाई…
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले वर्तमान राज्य प्रणालीविरुद्ध काठमाडौंमा विरोध ¥याली गरेका छन् । विरोध ¥यालीमा सहभागीहरुले नागरिकता विधेयक खारेज गर,संघीयता खारेज गर, मूल्यवृद्धि नियन्त्रण गर,सुशासन खारेज गर,अर्थमन्त्रीलाई बर्खास्त गर् लगायतका...
काठमाडौं–एमसीसी–सम्झौताविरुद्ध संसद बाहिर रहेका राजनीतिक दलहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । संसद बाहिर रहेका नेकपा (माले), नेकपा (संयुक्त), नेपाल कम्युनिष्ट पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चालगायत विभिन्न संघसंस्थाहरुहले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले बुधबार काठमाडौको माइतीघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रर्दशन गरेका थिए । एमसीसी सम्झौतामा नेपालको कानुनभन्दा अमेरिकाका माथि हुने देखिएकाले यसलाई खारेज […]
सर्वोच्च अदालतमा न्यायाधीहरूबाट भइरहेको बेञ्च बहिस्कार र नेपाल बारको जारी आन्दोलनको विरोध गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा मंगलबार माइतीघरमा प्रदर्शनको तयारी भएको छ । ‘संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८’ का नामबाट जबराको समर्थनमा प्रदर्शन हुन लागेको हो ।सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गर्दै मोर्चाका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामासमेत मागेका छन् । प्रधानन्यायाधीशको समर्थन र अन्य न्यायाधीशहरूको विरोधमा हुन
काठमाडौँ – संवैधानिक राजसंस्था, हिन्दुराज्य र अखण्ड नेपाल पुनस्र्थापनाको मागसहित काठमाडौँमा प्रदर्शन भएको छ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सोमबार काठमाडौँको भृकुटीमण्डपबाट बसन्तपुरसम्म विरोध र्याली गरेको हो । उनीहरुले संवैधानिक राजसंस्था, धार्मिक सहिष्णुतासहितको सनातन हिन्दु राष्ट्र र अखण्ड नेपालको पुनर्स्थापना गर्नु पर्ने मागसहितका नारा लगाएका छन् । देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले प्रदर्शनका केही […]
काठमाडौँ– संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले २०७२ सालमा जारी भएको संविधानको खारेजीसँगै संवैधानिक राजसंस्था कायम गर्न भन्दै असोज ११ गते काठमाडौंमा बृहत्त विरोध सभाको आयोजना गर्ने जनाएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले उक्त विरोधसभामा सहभागी हुन आह्वान गरेको छ । २०७२ को संविधानले नेपालको अखण्डता, राष्ट्रियता, धार्मिक स्वतन्त्रतालाई हनन् गरिरहेको मोर्चाको दाबी छ […]
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलले संविधान भत्काएको भन्दै ६२/६३ भन्दा ठूलो जनआन्दोलन हुने समेत बताए।
आज विरोध सभालाई संवोधन गर्दै उनले प्रतिनिधिसभा विघटनपछि ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसकेको बताए। त्यसैकारण ओली संकल्प पुजा गर्ने अवस्थामा पुगेको उनको टिप्पणी थियो।
संसद…
१७ माघ, काठमाडौं । २०४६ सालको जनआन्दोलन उत्कर्षमा थियो । वर्गीय र पेशागत क्षेत्रका कर्मचारी पनि जोडतोडले बहुदलीय प्रजातन्त्रका निम्ति संघर्षमा उत्रिएका थिए । राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत युवा शार्दूल भट्टराई पनि साहित्यकारको मोर्चाबाट आन्दोलनमा सक्रिय भए । साहित्यकारको टोली त्रिचन्द्र क्याम्पसमा चैत्र-३ गते कालोपट्टी बाँधेर विरोध गर्न बस्यो । केहीबेरमै प्रहरीले पारिजात, आनन्ददेव भट्ट, […]
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रवार विराटनगरमा विरोध सभाको आयोजना गरेको छ ।
प्रतिनिधि सभा विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको नेकपाले तेस्रो चरणको कार्यक्रम अन्तर्गत शुक्रवार विराटनगरमा सभा आयोजना गर्न लगेको हो ।
विराटनगरको जनआन्दोलन चोकमा मध्याह्न हुने सभालाई प्रचण्ड–नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।
सभालाई सम्बोधन गर्न अध्यक्ष नेपाल बुटवलबाट फर्केर बिहीवार नै विराटनगर पुगेका थिए ।
विरोध सभाअघि विभिन्न स्थानबाट जुलुस निकाल्...