छठपछि आन्दोलन गर्छौं : संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा

काठमाडौं : संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले छठपछि देशभर आन्दोलन गर्ने घोषणा गरेको छ।मोर्चाले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर तत्कालीन राजा वीरेन्द्र शाह र दलहरुबीच भएको २०४७ सालको संविधानलाई टेकेर गरिएको ५ बुँदे सम्झौता अक्षरशः पालन गर्न माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो।पूर्वराजा ज्ञानेन्द्र शाहले असोज २६ गते फूलपातीको दिन नेपाली जनताको नाममा दिएको शुभकामना र सन्देशले २०४७ सालको सम्झौताबारे उल्लेख गरेको भन्दै त्यसलाई पालन गरेर अगाडि बढ्न सरकारलाई आग्रह गरेको हो

सम्बन्धित सामग्री

एक हुँदै राप्रपा नेपाल र जन आन्दोलन मोर्चा

काठमाडौँ । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच आज एकता हुँदैछ । गत आइतबार राप्रपा नेपाल र मोर्चा बीच भएको सहमति अनुसार आज एकता हुन लागेको हो  ।  आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणासभाका लागि अन्तिम तयारी पूरा भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी...

एक हुँदै राप्रपा नेपाल र जन आन्दोलन मोर्चा

काठमाडौँ । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच आज एकता हुँदैछ । गत आइतबार राप्रपा नेपाल र मोर्चा बीच भएको सहमति अनुसार आज एकता हुन लागेको हो  ।  आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणासभाका लागि अन्तिम तयारी पूरा भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी...

अखण्ड नेपाल हिन्दू अधिराज्य पूनःस्थापनाको लागि र्याली निकालियो (फोटोफिचर)

काठमाडौं, २२ कार्तिक । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८ महिला केन्द्रीय समितिले आज अखण्ड नेपाल हिन्दू अधिराज्य पूनःस्थापना र्याली तथा विरोध सभाको आयोजना गरेको छ । माईतीघरमा प्रदर्शनमा उत्रिएकाहरुले ‘कुशासनको अन्त्य गर’, विधिको शासन लागु गर, न्यायालयभित्रको बेथितिको अन्त्य गर, अदालभित्रको गुटबन्दी अन्त्य गर, न्यायिक अराजकता बन्द गर लगायतका नारा लगाएका थिए । तस्विर : मुकुन्द […]

अदालतको बेथितिविरुद्ध हिन्दूवादीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । पछिल्लो समय न्यायालयमा बढ्दो कचिङ्गल र बेथितिविरुद्ध हिन्दूवादीहरुले प्रदर्शन गरेका छन् । हिन्दूराज्य पुनःस्थापन हुनुपर्ने ब्यानरमा अदालतमा बेथिति अन्त्यको मागसहितकाे प्लेकार्ड बोकेर हिन्दूवादीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा नाम दिएको उक्त समूहले गरेको प्रदर्शनमा अधिवक्ता स्वागत नेपाललगायत सहभागी थिए । हेर्नुहोस् तस्बिरहरू :

चोलेन्द्रको समर्थनमा माइतीघरमा प्रदर्शन हुने

सर्वोच्च अदालतमा न्यायाधीहरूबाट भइरहेको बेञ्च बहिस्कार र नेपाल बारको जारी आन्दोलनको विरोध गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा मंगलबार माइतीघरमा प्रदर्शनको तयारी भएको छ । ‘संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८’ का नामबाट जबराको समर्थनमा प्रदर्शन हुन लागेको हो ।सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गर्दै मोर्चाका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामासमेत मागेका छन् । प्रधानन्यायाधीशको समर्थन र अन्य न्यायाधीशहरूको विरोधमा हुन