काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक अस्थिरता बढ्दै गएको छ। विघटनविरुद्ध प्रमुख राजनीतिक शक्ति आन्दोलनमा होमिँदा नागरिक समाजको एउटा हिस्सा पनि संघर्षमा छ।
हरेक राजनीतिक परिवर्तनमा योगदान पुर्याउँदै आएको नागरिक समाजले आन्दोलनलाई अगाडि बढाउँदै पुस्ता हस्तान्तरणको बहस समेत सुरु भएको छ। २०६२/०६३ सालको जनआन्दोलन त्यसभन्दा अगाडि र…