सिंहदरबार कब्जा गर्ने उद्देश्यसहित माओवादीले २०६७ वैशाखमा काठमाडौंमा आयोजना गरेको आमहड्ताल असफल भएपछि एक कार्यक्रममा माओवादी नेता देव गुरुङले भनेका थिए, ‘अब नेपालमा ५० वर्ष क्रान्ति हुँदैन ।’
सिंहदरबार घेराउको त्यो आन्दोलनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो जनआन्दोलनको संज्ञा दिएका थिए । २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनपछि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टीका नेता सीपी गजुरेलले ‘गोलमेच सम्मेलन’ स्वीकार नगरिए तेस्रो जनआन्दोलन शुरू गर्ने चेत...