बाटो बिराएको 'राजनीति'ले टाट पल्टाएको देशमा कुराकानीको विषयवस्तु के नै हुन सक्छ र? गाउँमा सप्ताह लगाएका बेला सहभागीहरूले यन्त्रवत् रूपमा पण्डितजीको आदेश बमोजिम बेलाबेलामा प्रभुको जयजय भन्ने र फूल चढाउने र मत नमिल्नेहरूलाई गाली वर्षाउने किसिमका अभ्यासहरूबाट माथि उठ्न सकेका छैनन् हाम्रा बहसहरू।चाहे ती कोठे बहस हुन् वा अरु नै किन नहुन्। अनि यस्ता छिपछिपे 'बौद्धिक अभ्यासहरू'मा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहभागी हातमुख जोर्ने समस्याबाट माथि उठ्न नसकेका बहुसंख्यक सामु कुहिरोको काग हुनुब