सबैभन्दा बढी सवारी चाप हुने निर्माणाधीन बुटवल–नारायणगढ सडक वर्षासँगैको बाढी–पहिरोले क्षतविक्षत बनाएको छ ।
ठूला–ठूला खाल्डाखुल्डी, पहिरो र ठाउँठाउँमा सडक र पुल भाँसिदा पूर्वपश्चिम राजमार्गको बीच भागमा पर्ने यो सडक खण्ड भएर यात्रा गर्ने यात्रुले अहिले निकै ठूलो सास्तीको सामना गर्दै आएका छन् ।
गत बिहीवारदेखि निरन्तर परेको झरीका कारण सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । बुटवलभन्दा ४ किलोमिटर अगाडि र ६ किलोमिटर अगाडि २ वटा ‘डाइभर्सन’ बाढीले बगाएको छ । देवदहनजिकै घोडाहा र पश्चिम नवल...