गाउँ सडक सञ्जालमा जोडिएपछि स्थानीय हर्षित, चालक र यात्रुलाई फूलमाला लगाएर स्वागत

हुम्लाको दक्षिण भेग सर्केगाड गाउँपालिकाको गोठी र कुती गाउँ सडक सञ्जालसँग जोडिएपछि स्थानीय हर्षित भएका छन् । आफ्नै आँगनमै सडक निर्माण भएर गाडी गुडेपछि स्थानीयले विकासको अनुभूति गरेको स्थानीय कालीबहादुर छत्यालले बताए । सर्केगार्ड गाउँपालिका–५ को गोठीगाउँमा पहिलोपटक सामान र यात्रु बोकेको गाडी पुगेपछि स्थानीयले गाडी चालक र यात्रुलाई फूलमाला, खादा र अबिर लगाएर स्वागत गरेका छत्याले बताए । सडक निर्माणका लागि बजेट विनियोजन गर्न गाउँपालिकामा निकै घम्साघम्सी परेको स्मरण गदै पहिलो वर्ष सडक निर्म