चालक, सहचालक र यात्रुलाई मास्क अनिवार्य प्रयोग गर्न आग्रह

ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरूपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै सचेतनामूलक अभियान सञ्चालन गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सार्वजनिक गाडीमा कोरोना संक्रमणको सम्भावना बढी रहेकाले मास्कको प्रयोगलाई कडाइ गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । काठमाडौं, ललितपुर र भक्तपुरका...

सम्बन्धित सामग्री

सङ्क्रमण घटेसँगै मास्क प्रयोगमा कमी

कोरोना भाइरस(कोभिड–१९)को महामारीसँगै जनजीवन सामान्य बन्दै गएपछि मास्क प्रयोगमा कमी आउनथालेको छ । कोरानाकालमा मास्कबिनाका मुहार बिरलै देखिए । कहिल्यै मास्क नलगाउनेले पनि कोरोनाको भयले मास्क लगाएका थिए । केही समयअघि नेपालमा कोभिड–१९ विरुद्धको भ्याक्सिन भित्रिएसँगै मानिसको मुखबाट मास्क पनि बाहिरिन थालेको छ । सार्वजनिक सवारी साधनमा चालक, सहचालक, यात्रुदेखि पसलका व्यापारी, सामान किन्ने ग्राहक तथा बाटोमा हिँड्ने कतिपय बटुवासमेत मास्क बेगर देखिन थालेका छन् । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले हाल सङ्क्रमण र मृत्युको दर घट्ने क्रम रहेकाले मानिसहरूले मास्क बेवास्ता गर्न थालेको बताउँदै हाल सङ्क्रमणको सङ्ख्या पनि १५० देखि दुई सयको हाराहारीमा भएका कारण मास्क लगाउने दर घटेको हुन सक्ने तर्क गर्नुभयो । डा. पाण्डेले खोप आए पनि अहिल्यै सर्वसाधारणसम्म नपुग्ने भएकाले मास्क अनिवार्य रूपमा लगाउन सल्लाह दिनुभयो ।