काठमाण्डौमा पैदल यात्रुलाई ठक्कर दिएर भागेका बस चालक कास्कीबाट पक्राउ

काठमाण्डौ – काठमाण्डाैको बालाजुमा पैदल यात्रुलाई ठक्कर दिएर ज्यान गएको घटनाका बस चालकलाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ । गएको फागुन ३० गते बालाजुको गङ्गाहल नजिकै एक बसले गोरखाको बुङ्कोट घर भइ काठमाण्डौ बस्दै आएका भीमप्रसाद रेग्मीलाई ठक्कर दिएर भागेको थियो । गम्भीर घाइते रेग्मीको उपचारका क्रममा अस्ति मङ्गलवार अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा ज्यान गएको थियो । प्रहरीले घटनाको अनुसन्धान गरेर ठक्कर दिने बस काठमाण्डौ–पोखरा रुटमा चल्ने ना ५ ख ३०९६ नम्बरको रहेको र चालक कास्कीका राजकुमार वंशी रहेको पत्ता...