कराेडौँ रुपैयाँ लगानीमा निर्माण गरिएकाे पार्क झाडीमा परिणत हुँदै

रौतहट - करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका-२ मा रहेकाे शहीद स्मृति पार्क अहिले झाडीमा परिणत भएकाे छ ।  संरक्षण र प्रवर्द्धनको अभावमा याे पार्क र त्यहाँका संरचनाहरु दिनानुदिन जीर्ण हुँदै गइरहेका हुन् । पार्कमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने लक्ष्य अहिले लक्ष्यमा नै सीमित भएको छ । वनटोल महिला सामुदायिक वनको करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको ‘शहीद स्मृति पार्क’ अहिले झाडीले ढाकिएको छ । पार्कका घुम्ने ठाउँमा जताजतै झाडी र फोहर हु...

सम्बन्धित सामग्री

ओलीद्वारा हिले पार्क उद्घाटन

धनकुटा : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले बिहीबार धनकुटाको हिले पार्कको उद्घाटन गरेका छन्। निर्माण सम्पन्न भएको ३ वर्षपछि पार्क उद्धाटन गरिएको छ।प्रदेश सरकारको लगानीमा धनकुटा नगरपालिका–१ हिले बीचबजारमा १ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण सम्पन्न हिले पार्कको आव २०७६।०७७ को असार मसान्तमै निर्माण सम्पन्न भएको थियो।नेकपा एमालेको गरिरहेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा ओली धनकुटा आइपुगेका हुन्।हिले बजारमा आन्तरिक तथ

चन्द्रागिरीको घुमाउनेमा मनोरञ्जन पार्क सञ्चालन

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिका– ७ स्थित घुमाउने टोलमा शनिबारदेखि ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ अर्थात मनोरञ्जन पार्क सञ्चालनमा आएको छ । निरन्तर  १८ महिना निर्माण कार्य गरेर नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफल र लगानीमा सो पार्क सञ्चालनमा ल्याइएको हो । ६ करोड रुपैयाँको लगानीमा निर्मित तथा ५ रोपनी क्षेत्रफलमा रहेको चार तले भवनको तीन वटा तला रमाइला […]

चाचान समूहले ल्यायो ७ करोड लगानीमा वाटर पार्क

वीरगञ्ज । चाचान समूह (Chachan Group) ले बारा–पर्सा औद्योगिक कोरिडोरमा थ्रिल वाटर पार्क (Water Park) सञ्चालनमा ल्याएको छ । यो औद्योगिक र व्यापारिक समूहले पछिल्लो समय मनोरञ्जनमूलक उद्यममा लगानी बढाएको हो ।  समूहले मधेशमै पहिलो थ्रिल वाटर पार्क सञ्चालनमा ल्याएको निर्देशक निखिल चाचानले जानकारी दिए । बारा पर्सा, रौतहट, मकवानपुर र भारतीय क्षेत्रमा पर्यटकलाई लक्षित गरी वाटर पार्क सञ्चालन गरिएको उनले बताए ।  सात करोड रुपैयाँको लगानीमा वाटर पार्क तयार भएको हो । यसमा बालबालिकादेखि वयस्कसम्मले मनोरञ्जन लिन सक्ने गरी व्यवस्थापन मिलाइएको छ ।  वीरगञ्ज क्षेत्रमा मनोरञ्जनका लागि उपयुक्त स्थानको अभावलाई पूर्ति गर्ने उद्देश्यले वाटर पार्क निर्माण गरिएको चाचानको भनाइ छ । उनले आउँदो डेढ महीनाभित्रै अफरोड ट्रयाक पनि सञ्चालन गर्ने योजना राखिएको बताए ।  अफ रोड ड्राइभिङका शौखिनहरूलाई लक्षित गरी सोही परिसरसँगै जोडिएको २ विघा जग्गामा अफ रोडिङ ट्रयाक तयार गर्ने योजना समूहको छ ।  बारा र पर्सालाई मुख्य आधार बनाएर औद्योगिक तथा व्यापारिक गतिविधि विस्तार गरिरहेको समूहले मनोरञ्जनका क्षेत्रमा लगानी बढाउँदै लगेको छ । यो समूहले गत मंसिरमा बाराको चैनपुरमा फ्याक्ट्री सञ्चालनमा ल्याएको थियो । थ्रिल फ्याक्ट्री परिसरसँगै वाटर पार्क सञ्चालनमा आएको हो ।

घुमथलामा हँतोलुङ सांस्कृतिक पार्क निर्माण सुरु

खोटाङ, २० वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित घुमथलामा हँतोलुङ सांस्कृतिक पार्क (उद्यान) निर्माणको काम सुरु गरिएको छ । सङ्घीय सरकार र नगरपालिकाको संयुक्त रु एक करोड ७२ लाखको लगानीमा पार्क निर्माणको काम सुरु गरिएको हो । चालु आर्थिक वर्षमा सङ्घीय सरकार र नगरपालिकाको रु ८० लाख ५० हजार बजेट बराबरको काम गरिने किरात […]

बझाङको मष्टामा पाँच करोड लागतमा दुई पार्क बन्दै

बझाङ :मष्टा गाउँपालिका– ७ दयमा ५ करोडको लगानीमा दुईवटा पार्क निर्माण सुरु गरिएको छ।मालिका पर्यटन क्षेत्र विकास समितिले मष्टा–७ स्थित दयमा रहेको ७० रोपनी जग्गामा जयपृथ्वी स्मृति पार्क र कलश पार्क निर्माणको काम अगाडि बढाएको हो। गौमुखी (गाईको जस्तो मुख भएका) धारा, ऋषिपञ्च धारा र १०५ वटा कलशसहितको पार्क निर्माण गर्न लागेको हो।गत आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट प्राप्त ३ करोड ५० लाख र गाउँपालिकाबाट एक करोड ५० लाख गरी पाँच लाख बजेटमा अहिले निर्माण सुरु गरिएको मालिका पर्यटन क्षेत्र व

म्याग्दीको मङ्गला गाउँपालिकाले बनायो इन्द्रेणी–पार्क, रमाउँदै बालबालिका

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिकाले बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर मङ्गला इन्द्रेणी–पार्क निर्माण गरेको छ । गाउँपालिका र डिभिजन वन कार्यालय म्याग्दीको लगानीमा इन्द्रेणी पार्क बनाइएको हो ।  पालिकाको केन्द्र बाबियाचौरमा मङ्गला इन्द्रेणी पार्क निर्माण गरिएको छ । बाबियाचौर स्थायी घरभइ अहिले काठमाण्डाै बस्दै  आएका क्या. ईन्द्रबहादुर अधिकारीले झण्डै ४ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएपछि त्यसमा गाउँपालिकामार्फत १० आना जग्गा थप खरिद गरेर पार्क निर्माण गरिएको मङ्गला गाउँप...

५० करोड लगागतमा पोखरामा फिस्टेल ड्रिम पार्क सञ्चालनमा

पछिल्लो समय नेपालमा वाटर स्पोर्टस् पार्क ग्राहकहरुको नियमित मनोरञ्जनको केन्द्र बनेको छ । यही माहोल छोप्दै  पोखरामा ५० करोड लगानीमा अन्तर्राष्ट्रिय स्तरको फिस्टेल ड्रिमपार्क सन्चालनमा आएको छ  ।  फिस्टेल ड्रिमपार्क मानिसहरू रमाइलो गर्न आउने केन्द्रका रुपमा निर्माण गरिएको सञ्चालक भरत गौतमले जानकारी दिए  । ‘यसअघि पोखरामा यो स्तरको पार्कहरू बनेका छैनन् । कुनै पनि व्यक्ति वा परिवार यहाँ आएर पुरै दिन बिताएर रमाइलो गर्न सक्ने प्रकारको इभेन्ट्सहरू हामीसँग उपलब्ध छन्,’ गौतम

डा. राईको स्मृतिमा शालिक र पार्क निर्माण

उदयपुर सदरमुकाम निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने इतिहासकार स्वर्गीय डा. रणशेर राईको स्मृतिमा उनको अर्धकदको शालिक तथा पार्क निर्माण गरिएको छ। त्रियुगा नगरपालिका र डा. राई परिवारको संयुक्त लगानीमा नगरपालिका ११ चप्पनस्थित डा. रणशेर खोरिया जंगलक्षेत्...

नेपाली सेनाले बनायो लेबनानमा कृषि पोखरी र पार्क

नेपाली सेनाले कृषि पोखरी तथा सार्वजनिक पार्कको निर्माण गरी लेबनानको व्लिदा नगरपालिकालाई हस्तान्तरण गरेको छ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ युनिफिल मिसन, लेबनानमा तैनाथ बर्दबहादुर गणको ६२ औं डफ्फाका शान्ति सैनिकहरूले हालसम्मकै सबैभन्दा ठूलो लगानीमा उक्त कृषि पोखरी तथा सार्वजनिक पार्क निर्माण गरेका हुन् ।  सो कृषि पोखरी र सार्वजनिक पार्क एक विशेष समारोह गर्दै हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।