नेपाली सेनाले कृषि पोखरी तथा सार्वजनिक पार्कको निर्माण गरी लेबनानको व्लिदा नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ युनिफिल मिसन, लेबनानमा तैनाथ बर्दबहादुर गणको ६२ औं डफ्फाका शान्ति सैनिकहरूले हालसम्मकै सबैभन्दा ठूलो लगानीमा उक्त कृषि पोखरी तथा सार्वजनिक पार्क निर्माण गरेका हुन् ।
सो कृषि पोखरी र सार्वजनिक पार्क एक विशेष समारोह गर्दै हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।