चन्द्रागिरीको घुमाउनेमा मनोरञ्जन पार्क सञ्चालन

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिका– ७ स्थित घुमाउने टोलमा शनिबारदेखि ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ अर्थात मनोरञ्जन पार्क सञ्चालनमा आएको छ । निरन्तर  १८ महिना निर्माण कार्य गरेर नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफल र लगानीमा सो पार्क सञ्चालनमा ल्याइएको हो । ६ करोड रुपैयाँको लगानीमा निर्मित तथा ५ रोपनी क्षेत्रफलमा रहेको चार तले भवनको तीन वटा तला रमाइला […]

सम्बन्धित सामग्री

मनोरञ्जनको पूर्ण प्याकेज– थ्रिल फ्याक्ट्री

वीरगञ्ज। तपाईं पहिलोपटक वीरगञ्ज आउँदै हुनुहुन्छ ? औद्योगिक शहर वीरगञ्ज भन्नेबित्तिकै उद्योग, व्यापार, भन्सार नाका र त्यहाँ ढुवानीका साधनको लाइन, जो कोहीको मानसपटलमा यही बिम्ब निर्माण हुन्छ । त्यसबाहेक यहाँ आइपुगेर घुम्नैपर्ने ठाउँ कुनकुन होलान् ? वीरगञ्जको घरिअर्वा पोखरी, गहवा मन्दिर, घण्टाघर, शंकराचार्य द्वार र सीमापारिको रक्सौल शहर । त्योभन्दा पर छिमेकी जिल्ला बारामा पर्ने गढीमाई मन्दिर । यस्तै सोचिरहनुभएको छ भने तपाईंलाई वीरगञ्जमा घुम्नैपर्ने मनोरञ्जनात्मक ठाउँबारे पूर्ण जानकारी छैन । वीरगञ्ज–पथलैया कोरिडोरमा पर्ने चैनपुरमा मनोरञ्जनको पूर्ण प्याकेजसहितको थ्रिल फ्याक्ट्री सञ्चालनमा आएको छ । औद्योगिक तथा व्यापारिक घराना चाचान समूहले सञ्चालन गरेको यो मनोरञ्जनात्मक उपक्रममा पछिल्लोपटक थ्रिल अफरोड ट्र्याक थपिएको छ । यससँगै मनोरञ्जनका लागि इनडोर र आउटडोरमा पूर्ण प्याकेज तयार भएको सञ्चालक निखिल चाचानले जानकारी दिए ।  ‘औद्योगिक शहर वीरगञ्जमा मनोरञ्जनस्थलको कमी थियो । उक्त कमीलाई पूर्ति गर्ने उद्देश्यले १० महीनाअघि थ्रिल फ्याक्ट्री इनडोर पार्क शुरू गरेका थियौं । भर्खरै अफरोड ट्र्याक सञ्चालनमा ल्याएपछि मनोरञ्जनको पूर्ण प्याकेज तयार भएको छ,’ सञ्चालक चाचानले भने ।  चाचान समूहले गत वैशाखमा थ्रिल फ्याक्ट्रीमा वाटर पार्क थपेको थियो । अब बालबालिकादेखि वयस्कसम्मका लागि मनोरञ्जनको पूर्ण पूर्वाधार तयार भएको चाचानले बताए । पारिवारिक र समूहिक रूपमा हुने सबै खालका भ्रमणलाई लक्षित गरेर थ्रिल फ्याक्ट्रीले सेवा प्रदान गरेको उनले जानकारी दिए । ‘वीरगञ्ज भन्नेबित्तिकै उद्योग, व्यापार, भन्सार नाकामात्रै बुझ्ने गरिएको छ । अब यो चिनारी फेर्नुपर्छ । यो शहरलाई मनोरञ्जनको हब बनाएर पर्यटक आकर्षित गर्न सकिन्छ,’ चाचानले विश्वास व्यक्त गरे ।  थ्रिल अफरोडमा अहिले विभिन्न प्रकारका ६ ओटा गाडी राखिएका छन् । उबडखाबड बाटोमा गाडी चलाएर मनोरञ्जन लिन चहानेलाई लक्षित गरेर २ बिगाहा क्षेत्रफलमा यो ट्र्याक तयार पारिएको हो । अफरोड ट्र्याक र त्यससम्बन्धी सुरक्षा सावधानीको मापदण्डअनुसार तयार पारिएको यो नेपालमै पहिलो अफरोड ट्र्याक भएको उनले बताए ।  थ्रिल फ्याक्ट्रीमा बितेको १० महीनामा ५० हजार जनाले भिजिट गरिसकेको समूहले बताएको छ । पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र छिमेकी देश भारतका पर्यटक बढी आउने गरेका छन् । चाचान समूहले यसमा अहिलेसम्म १७ करोड रुपैयाँ लगानी गरिसकेको छ ।  यो समूहले सञ्चालन गरेको वाटरपार्क मधेशमै पहिलो हो । यसमा वेभ पुल (समुद्री छालको अनुभूति हुने पोखरी), जाकुजी (पानीबाट हुने मसाज), ट्युब स्लाइड, स्वीमिङ पुललगायत मनोरञ्जनात्मक क्रियाकलाप छन् । इनडोर पार्कमा ट्रेम्प्लिङ, गो कार्टिङ, रोप कोर्स, जीप साइकललगायत मनोरञ्जनका तीन दर्जन क्रियाकलाप सञ्चालनमा छन् । थ्रिल फ्याक्ट्री परिसरमै रेस्टुराँ र संगीतका पारखीका लागि कारोओके रुम पनि सञ्चालनमा ल्याइएको समूहले बताएको छ ।

चाचान समूहले ल्यायो ७ करोड लगानीमा वाटर पार्क

वीरगञ्ज । चाचान समूह (Chachan Group) ले बारा–पर्सा औद्योगिक कोरिडोरमा थ्रिल वाटर पार्क (Water Park) सञ्चालनमा ल्याएको छ । यो औद्योगिक र व्यापारिक समूहले पछिल्लो समय मनोरञ्जनमूलक उद्यममा लगानी बढाएको हो ।  समूहले मधेशमै पहिलो थ्रिल वाटर पार्क सञ्चालनमा ल्याएको निर्देशक निखिल चाचानले जानकारी दिए । बारा पर्सा, रौतहट, मकवानपुर र भारतीय क्षेत्रमा पर्यटकलाई लक्षित गरी वाटर पार्क सञ्चालन गरिएको उनले बताए ।  सात करोड रुपैयाँको लगानीमा वाटर पार्क तयार भएको हो । यसमा बालबालिकादेखि वयस्कसम्मले मनोरञ्जन लिन सक्ने गरी व्यवस्थापन मिलाइएको छ ।  वीरगञ्ज क्षेत्रमा मनोरञ्जनका लागि उपयुक्त स्थानको अभावलाई पूर्ति गर्ने उद्देश्यले वाटर पार्क निर्माण गरिएको चाचानको भनाइ छ । उनले आउँदो डेढ महीनाभित्रै अफरोड ट्रयाक पनि सञ्चालन गर्ने योजना राखिएको बताए ।  अफ रोड ड्राइभिङका शौखिनहरूलाई लक्षित गरी सोही परिसरसँगै जोडिएको २ विघा जग्गामा अफ रोडिङ ट्रयाक तयार गर्ने योजना समूहको छ ।  बारा र पर्सालाई मुख्य आधार बनाएर औद्योगिक तथा व्यापारिक गतिविधि विस्तार गरिरहेको समूहले मनोरञ्जनका क्षेत्रमा लगानी बढाउँदै लगेको छ । यो समूहले गत मंसिरमा बाराको चैनपुरमा फ्याक्ट्री सञ्चालनमा ल्याएको थियो । थ्रिल फ्याक्ट्री परिसरसँगै वाटर पार्क सञ्चालनमा आएको हो ।

समुदायले वनस्पति उद्यान सञ्चालन गर्न सक्छ ?

पृथ्वीमा मानव अस्तित्वका लागि स्वस्थ वातावरण र दिगो पारिस्थितिक प्रणाली आवश्यक पर्छ । तर, औद्योगिकीकरण, पूर्वाधार निर्माण र शहरीकरणको तीव्र प्रतिस्पर्धाले गर्दा मानव जीवनशैली, सोच र स्वास्थ्यमा प्रतिकूल असरहरू पनि देखापरेका छन् । त्यसैले आवास, कार्यालय, होटेल, अस्पताल, विद्यालय, मन्दिरपरिसरमा रमणीय हरियाली उद्यान बनाउनु सम्पन्नताको मानक बन्दै गएको छ । तसर्थ, आफूलाई शान्त र खुशी बनाउन मानिस पुनः प्रकृतितर्फ फर्कंदै छन् । यसैको प्रभाव स्वरूप नेपालमा पनि पछिल्लो समय शहरी पार्क, बोटानिकल गार्डेन (वनस्पति उद्यान), इको टे«ल, इको सर्किट, साहसिक खेल, होम स्टे सञ्चालन गर्ने लहर आएको छ, जुन पर्यापर्यटन, हरित रोजगारी र राजस्वका हिसाबले महत्त्वपूर्ण छन् । उद्यानको दिगो सञ्चालनका लागि प्रवेश तथा अन्य शुल्क, ध्यान तथा योगशिविर सञ्चालन गराउन सकिन्छ । उद्यानको मध्यवर्ती क्षेत्रमा वनभोज स्थलको सञ्चालन तथा व्यवस्थापनबाट पनि आम्दानी लिन सकिन्छ । राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ मा हिमाल, पहाड र तराईमा नमूना जडीबुटी उद्यानहरूको विकास गरी घरेलु उपचार, उत्पादन, संरक्षण र प्रवर्द्धन गरी जनचेतना अभिवृद्धि गर्ने उल्लेख छ । यसैगरी जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विकास नीति २०६१ मा जडीबुटीको स्व–स्थानीय र परस्थानीय संरक्षण र जडीबुटी क्षेत्र तोक्ने उल्लेख छ । साथै वन ऐन २०७६ को प्रस्तावनामा सामुदायिक, राष्ट्रिय र शहरी वन व्यवस्थापनलाई समेटेर अप्रत्यक्ष रूपमा सम्बोधन गरेको छ भने वन नियमावली २०७९ ले वनस्पति उद्यान, जडीबुटीसम्बन्धी संरक्षण, अनुसन्धान र व्यवस्थापनका लागि प्रत्यक्ष रूपमा सम्बोधन गरेको छ । बोटानिकल गार्डेन र पार्कबीचको भिन्नता दुवै संरचनामा भिन्नता भए पनि आम बुझाइ भने समान पाइन्छ । तर पनि यी दुवै उद्देश्य, प्राथमिकता र व्यवस्थापन विधिमा भने फरक हुन्छ । वास्तवमा वनस्पति उद्यान (बोटानिकल गार्डेन) भनेको वनस्पतिहरूको वैज्ञानिक व्यवस्थापन गरिएको जीवित संग्रहालय हो, जुन शिक्षा र जनचेतना अभिवृद्घिका लागि अपरिहार्य हुन्छ । यहाँ दुर्लभ, संकटापन्न, रैथाने, मौलिक र आर्थिक महत्त्वका वनस्पतिहरूको स्वस्थानीय र परस्थानीय संरक्षण, अध्ययन, अनुसन्धान, परीक्षण र प्रदर्शनी गरिएको हुन्छ । संरक्षित वनस्पतिहरूको वैज्ञानिक पहिचान र लेबलिङ हुन्छ भने संकलन गरिएका वनस्पतिहरूको मिति, स्थान र अन्य विवरणहरूको अभिलेख पनि राखिएको हुन्छ । साथै अन्तर उद्यान जर्मप्लाज्म (बीउ, गाना, जरा, हाँगा) साटफेर, कर्मचारीहरूबीच ज्ञान र अनुभव आदानप्रदान हरेक वनस्पति उद्यानमा हुनुपर्ने महत्त्वपूर्ण क्रियाकलाप हुन् । वास्तवमा जडीबुटी उद्यानको अवधारणाबाट वनस्पति उद्यानको विकास भएको हो । समयक्रममा वनस्पति उद्यानले ट्याक्सोनोमी (वैज्ञानिक पहिचान, नामकरण र वर्गीकरण), बीउ बैंक तथा थिमाटिक गार्डेनको स्याहारसम्भार, अभिलेखीकरण तथा विकास गरेको हो । जडीबुटी, सुनाखरी, उन्यू, बागवानी, जलीय, ढुंगे, ल्यान्डस्केप, रैथाने, साइटिस, शैक्षिक, इथ्नोबोटानिक, ट्याक्सोनोमिक फेमिली गार्डेन थिमाटिक गार्डेनका उदाहरण हुन् । यसैगरी जडीबुटीहरूको गुणस्तरीय बेर्ना उत्पादन तथा विक्री, दिगो खेती तथा प्रशोधन प्रविधिको विकास र हस्तान्तरणबाट स्थानीय जीविकोपार्जनमा योगदान पुर्‍याएको हुन्छ । हाल नेपालमा विभिन्न पारिस्थितिक प्रणालीहरूलाई प्रतिनिधित्व गर्दै वनस्पति विभागअन्तर्गत नौओटा जिल्ला (इलाम, धनुषा, मकवानपुर, ललितपुर, कास्की, बाँके, सल्यान, जुम्ला र कैलाली) मा १२ ओटा वनस्पति उद्यान सञ्चालित छन् । नेपालको सबैभन्दा पुरानो वनस्पति उद्यान राष्ट्रिय वनस्पति उद्यान, गोदावरी, ललितपुरको स्थापना विसं २०१९ मा भएको हो, जहाँ हाल करीब १ हजार ८५ वनस्पति प्रजाति संरक्षित छन् । शहरी पार्कको मूल उद्देश्य हरियाली, सुन्दरता, मनोरञ्जन, खुला स्थल, ऐतिहासिकता र शुल्क संकलन हुन्छ । तर, वनस्पति संरक्षण, मनोरञ्जन, वातावरणीय सेवा र राजस्व संकलनका हिसाबले पार्क र वनस्पति उद्यान दुवै बीच समानता पाइन्छ । हाल नेपालमा सामुदायिक, स्थानीय र प्रदेश सरकारबाट स्थापना गरिएका उद्यान वा पार्कहरूबाट केही भाग वनस्पति उद्यानका रूपमा सञ्चालन गर्न सकिन्छ । सामुदायिक स्तरमा सञ्चालन सम्भाव्यता नेपालको संविधान २०७२ मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधनस्रोतको अधिकतम परिचालनबाट आर्थिक विकास गर्ने उद्देश्य रहेको छ । सामुदायिक वन व्यवस्थापनको सफलताको अभ्यासपछि अब हामीले अनुसन्धान, अन्वेषण र दिगो सदुपयोगलाई प्राथमिकता दिनुपर्ने समय आएको छ । जहाँ सुशासन तथा लाभांशको न्यायोचित वितरणले महत्त्व राख्छ । यसका लागि तीनै तहका सरकारले विद्यालय तहदेखि नै स्थानीय वनस्पति तथा जडीबुटीको वैज्ञानिक पहिचान, परम्परागत ज्ञान र अभ्यास, गुणस्तरीय उत्पादन, असल खेती तथा संकलन अभ्यास, मूल्य अभिवृद्घि, बजार सूचनाप्रणाली, बीमा, हरित रोजगारीजस्ता व्यावहारिक विषयहरू पाठ्यक्रममा समावेश गरी कार्यान्वयन गर्नु आवश्यक छ । केही स्थानीय तहले परीक्षण स्वरूप जडीबुटीसम्बन्धी पाठ्यक्रम लागू पनि गरेका छन् । वनस्पति विज्ञान कृषि र वन विज्ञानको जननी हो भने आयुर्वेद, औषधि तथा पोषणको मुख्य अंश हो । कोभिड–१९ को महामारीपछि विश्वले वनस्पति विज्ञान र बोटानिस्टहरूको महत्त्वलाई थप महसूस गरेको छ । हरेक वनस्पतिको अध्ययन, अनुसन्धानको शुरुआत वैज्ञानिक पहिचान, प्रजातिको उत्पत्ति स्थान, भौगोलिक वितरण र स्थानीय प्रयोगसम्बन्धी ज्ञानबाट हुन्छ । विडम्बना, विश्वमै बोटानिस्ट (ट्याक्सोनोमिस्टहरू) को संख्या घट्दो छ । तसर्थ, समयसापेक्ष बोटानिस्टहरूको दक्ष जनशक्ति उत्पादन, ज्ञान निर्माण र अवसरको सृजना गर्न नेपालका सरोकारवाला विश्वविद्यालयहरूको संलग्नता र क्रियाशीलता आवश्यक छ । यसैगरी विश्वविद्यालय वा अनुसन्धानमूलक संस्थाहरूले म्युजियम र हर्बेरियम संग्रहालय स्थापना गरी शैक्षिक केन्द्रका रूपमा विकास गर्न सक्छन्, जुन वनस्पति उद्यानको महत्त्वपूर्ण पाटो हो । साथै हर्टिकल्चरिस्ट, आयुर्वेदविद्, रसायनविद्हरूलाई एउटै वनस्पतिको बृहत् रूपमा अनुसन्धान गरी शोध, प्रकाशन तथा प्याटेन्टिङ कार्यमा आबद्घ पनि गराउन सकिन्छ । उद्यान स्थापनाको शुरुआती चरणमा भौतिक पूर्वाधार निर्माणमा ठूलो लगानी आवश्यक भए पनि बिस्तारै यसलाई दिगो रूपमा सञ्चालन गर्न सकिन्छ । तसर्थ, प्रारम्भमा स्थानीय, प्रदेश, संघीय वा संयुक्त रूपमा उद्यान निर्माणमा लगानी गर्नुपर्ने हुन्छ । उद्यानको दिगो सञ्चालनका लागि प्रवेश तथा अन्य शुल्क, ध्यान तथा योगशिविर सञ्चालन गराउन सकिन्छ । उद्यानको मध्यवर्ती क्षेत्रमा वनभोज स्थलको सञ्चालन तथा व्यवस्थापनबाट पनि आम्दानी लिन सकिन्छ । स्वदेशी शोभनीय फूलहरूको विकास, इन्डोर, आउटडोर, मौसमी फूलहरू तथा कट्फ्लावर उत्पादन गरेर स्थानीय रोजगारी सृजना गर्न सकिन्छ । साथै यसको बीउ तथा बेर्ना विक्री वितरणबाट आयात प्रतिस्थापन गर्न सकिन्छ । किनकि हरेक नेपाली र अंग्रेजी नयाँ वर्ष, प्रणय दिवस (भ्यालेन्टाइन डे) र तिहार पर्वमा करोडौं रकम फूलका लागि बाहिरिने गरेको छ । यसअतिरिक्त खाद्य, हर्बल चिया, पेय, दन्तमञ्जन, सौन्दर्य प्रसाधन, जैविक विषादी, स्यानिटाइजर र हस्तकलाका उपहार सामग्री विक्रीवितरणबाट थप आम्दानी गर्न सकिन्छ । विभिन्न उत्सव (जन्मोत्सव, स्मृति) मा वृक्षरोपण गराई थप आय–आर्जन तथा जनसहभागिता बढाउन सकिन्छ । जनचेतना र व्यापारका लागि पुष्प तथा जडीबुटी मेला आयोजना गर्न सकिन्छ । यसको प्रभावकारी कार्यान्वयनका लागि वनस्पति अनुसन्धान केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र तथा औषधालयहरू, कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालय वा अन्य अनुसन्धानमूलक संस्थाहरूसँग लिखित समझदारी र ठोस कार्ययोजनाका साथ अघि बढ्नुपर्छ । समझदारी पत्रमा मुख्यतः भू–स्वामित्व, जिम्मेवारी र लाभको न्यायोचित बाँडफाँट उल्लेख गरिनुपर्छ । वास्तवमा यो एकीकृत सञ्चालन मोडेल वनस्पति उद्यानका लागि मात्र नभई विज्ञान र प्रविधिमा समुदायले अपनत्व लिन सहयोगी हुन सक्छ । अनि मात्र हामी वानस्पतिक विविधतामा धनी देश छौं भन्ने अनुभूति गर्न सक्छौं । समृद्धिको यो नयाँ आयाममा अघि बढ्न हाम्रो दृढ इच्छाशक्ति र समूहमा काम गर्न सक्ने क्षमतामा विकास हुनु अत्यन्तै जरुरी छ ।  लेखक वनस्पति विभाग, काठमाडौंका वैज्ञानिक अधिकृत हुन् ।

कर तिरेर मात्र मनोरञ्जन क्षेत्र सञ्चालन गर्नु ः महानगरपालिका

काठमाडौं : काठमाडौ महानगरपलिकाले महानगर क्षेत्रभित्र सञ्चालन हुने  सिनेमा हललाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ। बुधबार एक सूचना  सार्वजनिक गर्दै  महानगरलाई मनोरञ्जन कर तिरी नवीकरण गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिका क्षेत्रभित्र रहेका चलचित्र हल, क्यासिनो, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब, सास्कृतिक प्रदर्शन हल, थिएटर र नाटक घरलाई महानगरले मनोरञ्जन कर तिर्न भनेको छ।फनपार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एवम् स्

इन्द्रेणी पार्क निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा मंगला इन्द्रेणी पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७५/०७६ मा शुरु गरिएको पार्कको करीब ९० प्रतिशत काम सकिएको छ । मंगलामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीयलाई शारीरिक व्यायाम, बिश्रामसहित आनन्दको अनुभूति दिलाउने उद्देश्यले गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको परिकल्पनामा पार्क निर्माण योजना अघि सारिएको थियो । इन्द्रेणी पार्कमा हालसम्म संग्रहालय भवन, प्रतीक्षालय, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय, स्नानकक्षलगायत भौतिक संरचना निर्माण भइसकेछन् । पार्कको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट पनि तयार भइसकेको छ । पार्कलाई हरियाली र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रैमास हरियो हुने दुबो पनि सारिएको छ । फूल र दुबोलाई हरियो राख्न नियमित पानी हाल्ने गरिएको छ । पार्क निर्माणमा १ करोड ८ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले जानकारी दिए । उनका अनुसार पार्क निर्माणमा गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा २५ लाख, ०७६/०७७ मा २५ लाख र ०७७/०७८ मा २१ लाख रुपैयाँ विनियोजन गरेको छ । उपभोक्ता समितिबाट योजना सञ्चालन गरिएकाले प्रत्यक वर्ष विनियोजित बजेटको १० प्रतिशतले स्थानीयले श्रमदान गरेका छन् । पार्कभित्रै दुईतल्ले दुईओटा हल भएको मंगला संग्रहालय भवन निर्माण गरिएको छ । दुई आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएको ३६ लाख ८० हजार र स्थानीयको श्रमदान गरी कुल ४० लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले बताए । संग्रहालय भवनमा पालिकाभित्रका ऐतिहासिक तथा पुरात्वात्तिक वस्तु, विभिन्न जातजाति, समूह तथा वर्गका शीप, कला, संस्कृति तथा मौलिकता झल्किने महŒवपूर्ण सामग्री संकलन गरेर राखिनेछ । त्यसका लागि भवनभित्र आवश्यक संरचना तयार पार्ने काम भइरहेको छ । मंगला गाउँपालिका–२, बाबियाचौरमन इन्द्रबहादुर र सम्मरबहादुर अधिकारीको परिवारले पार्कका लागि जग्गा उपलव्ध गराएको हो । म्याग्दी नदी किनारको ४ रोपनी जग्गा इन्द्रबहादुर अधिकारीले गाउँपालिकालाई निःशुल्क दिएका हुन् भने ५ आना जग्गा सम्मरबहादुर अधिकारीले पालिकाबाट जम्मा ३ लाख रुपैयाँमात्रै लिएर सहयोगस्वरूप प्रदान गरेका थिए । झन्डै २१ सय वर्गमीटर क्षेत्रफलमा निर्मित पार्कलाई निःशुल्क जग्गा दिने इन्द्रबहादुर अर्धकदको सालिक बनाउने तयारी समेत भइरहेको गाउँपालिका अध्यक्ष रोकाले बताए । पार्कमा आकर्षक बालउद्यान समेत बनाउने योजना छ । हरियाली बनाउने काम पनि अझै बाँकी रहेकाले सबै पूरा भएपछि मात्रै पार्क सञ्चालनमा ल्याइने अध्यक्ष रोकाले जानकारी दिए । पालिकाको केन्द्र बाबियाचौर बजारको आकर्षणका रुपमा मंगला पार्क रहनेछ । संग्रहालयमा मंगलाका विशेषता हेर्न पाइन्छ । नदी किनारमा भएकाले स्वच्छ र शान्त वातावरणसहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको महशुस हुने गरी पार्क निर्माण गरिएको छ । यसले मंगलामा आन्तरिक पर्यटनलाई समेत प्रवर्द्धन गर्न सक्ने अपेक्षा गरिएको छ ।

पूर्वकै सबैभन्दा ठूलो मनोरञ्जन पार्क पाँच महिनापछि सञ्चालनमा

६ बिघा क्षेत्रफलमा निर्माण भएको पार्क फागुन १७ गते उद्घाटन भएर दुई महिनासम्म सञ्चालन भएपछि कोरोना महामारीले गर्दा बन्द गरिएको थियो। अब कोरोना संक्रमण केही मथ्थर भएको र सरकारले धमाधम कोरोनाबिरुद्दको खोप सञ्चालन गरि रहेकाले गर्दा पार्क सञ्चालन गर्न लागिएको ...

कृषिलाई पर्यटनमा जोड्न माडीमा ‘फार्म स्टे’ सञ्चालनको तयारी

साउन १०, चितवन । कृषिलाई पर्यटनमा जोड्ने उद्देश्यसहित माडीमा फार्म स्टे सञ्चालनको तयारी गरिएको छ ।  स्थानीय पिछडिएका समुदायलाई लक्षित गर्दै उनीहरुलाई आयआर्जनमा जोड्न सहयोग पुगोस् भन्ने हेतुले पनि माडीमा फार्म स्टे सञ्चालनमा ल्याउन लागिएको हो  ।  चक्लाबन्दीमा आधारित सामूहिक खेती गरिदैं आएको माडी नगरपालिका वडा नम्बर ८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्था मार्फत खेती गरिएको सो ठाउँमा फार्मस्टे घरहरु सञ्चालनमा ल्याउन लागिएको हो  ।  संस्थाले कुल १०० घरमा फार्मस्टे घरहरु बनाउने लक्ष्य लिएपनि हाल ४६ ओटा घर परिवारलाई पक्की घर बनाएर त्यही फार्मस्टे सञ्चालन गर्न लागिएको छ ।  प्रदेश सरकारको रू. तीन लाख, माडी नगरपालिकाको डेढ लाख र स्थानीय जनताको चार लाख ५० हजार गरी रू नौ लाखको लागतमा घरहरु बनेका हुन् । दुईओटा बेड रूम, एक लिभिङ रूम, एक किचन र दुईओटा एट्याच्ड ट्वाइलेट बाथरूम छन् ।  कृषि सहकारी संस्थाका प्रबन्धक शिवजी गायकले ४६ ओटा फार्म स्टे घरहरु तयार भएर हस्तान्तरण गरिसकिएको र दशैंबाट सञ्चालनमा ल्याइने जानकारी दिए । हाल सञ्चालनमा ल्याउन सकिएपनि कोभिडका कारण केही समय पछि सञ्चालनमा ल्याइने उनको भनाइ छ ।  १०० विघा क्षेत्रफल रहेको त्यो स्थानमा खेतीको बीचबीचमा घर बनाइएको छ  । माडीलाई कृषि पर्यटनको नमूना नगरपालिका बनाउनको लागि फार्मस्टे सञ्चालनमा ल्याउन लागिएको उनले बताए । ‘यहाँ २० ओटा माछा पोखरी, पशुपालन फार्म, लोकल कुखुरा फार्म रहनुका साथै अर्गानिक कृषि उपज उत्पादन गरिनेछ । रिसोर्टहरुमा होटल, पार्क, स्वीमीङ पुल इत्यादि हुन्छन, गायकले भने, फार्म स्टेमा पाहुन आउँछन् फार्मस्टेमा बस्छन कृषि कर्म हेर्छन् ।’  माडीमा ‘फार्मस्टे’ घरहरु कान्तिपुर गाउँको मूलबाटोनजिकै होमस्टेसमेत सञ्चालन गर्न मिल्ने गरी घरहरु बनाइएको छ । विशेष गरी पिछडिएको समुदायको लागि आयस्तर उकास्न र आत्मनिर्भर बनाउन यो योजना अघि सारिएको हो ।  स्थानीय डिलबहादुर गन्धर्वले यी घरमा होमस्टे सञ्चालन गरेपछि आफ्नो संस्कृतिको संरक्षण पनि हुने र आय आर्जनसमेत गर्न सकिने बताए । जसअनुसार फार्म स्टेमा विभिन्न समुदायका संस्कृति झल्कने गीत, संगीत तथा नाचगान गरी पर्यटकलाई मनोरञ्जन प्रदान गरिनेछ ।  यसअघि आ–आफ्ना जमिनमा परम्परा र निर्वाहमुखी खेती गर्दा घाटा ब्यहोर्दै आएको भन्दै गन्धर्वले फार्मस्टे सञ्चालनमा आएपछि आफूहरु दिगो आर्थिक उपार्जन गर्न सकिने आशा रहेको बताए ।  वाग्मती प्रदेश सरकारले गन्धर्व समुदायका लागि एकीकृत नमूना बस्ती निर्माण गरेको छ । साथै उनीहरुको संस्कृति र भेषभूषाको संरक्षणका लागि गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्रसमेत निर्माण गरिएको छ । रू. ५० लाखको लागतमा गन्धर्व संग्रहालय भवन निर्माण गरेको हो । सो भवनमा २५० जना अट्ने क्षमता छ । गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्रमा गन्धर्व समुदायको भेषभूषा, बाजागाजा, कृषि उपजहरुको प्रदर्शनी तथा विक्री केन्द्र स्थापना गरिने सहकारीका प्रबन्धक गायकले बताए । सामूहिक खेती गरिएको ठाउँमा कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै विविध पक्षको अध्ययन गर्ने केन्द्रको रुपमा विकास गर्नको लागि सो गाउँमा विभिन्न संरचनाहरु निर्माण भएको प्रबन्धक गायकले जानकारी दिए । संस्थाले त्यहाँका ८६ घर परिवारको जग्गा एकीकृत गरी सामूहिक खेती गरेको छ । सामूहिक खेतीका लागि १०० बिगाहा जमिन एकीकृत गरिएको छ । यहाँ तीन कट्ठादेखि चार बिगाहसम्म जमिन भएकाहरु अहिले एउटै संस्थामा आवद्ध भएका छन् । सूर्योदय कृषि सहकारी संस्थामार्फत् किसानको जमिनलाई चक्लाबन्दी गरिएको हो । कान्तिपुर क्षेत्रको करीब १०० बिगाह खेतीयोग्य जमिनलाई चक्लाबन्दी गर्ने लक्ष्य राखिएकोमा ७० बिगाहभन्दा बढी जमिनलाई एउटै प्लटमा रुपान्तरण गरिएको छ । क्रमश यस क्षेत्रमा ड्रयागन फ्रुट, सूर्यमुखी, तोरीलगायतको खेतीमार्फत् पर्यटकलाई आकर्षण गराउने लक्ष्य राखिएको  छ । एकै ठाउँबाट सबै खेतीको अवलोकन गर्न मिल्ने गरी भ्यू टावर निर्माण गर्ने तयारी पनि सहकारीको छ । सहकारीका अध्यक्ष इन्द्रबहादुर पौडेलले कृषि पर्यटनका लागि माडीमा फार्मस्टे उपयोगी र प्रभावकारी हुँदै गएको  बताए । चितवनको दुर्गम क्षेत्रको रुपमा माडी लाई चिनिएपनि नजिकै रहेको राष्ट्रिय निकुञ्ज र उर्बर भूमि भएका कारण कृषि पर्यटनको आकर्षक गन्तव्य हुने पौडेलको भनाइ छ । आगामी दिनमा संस्थाले थप पर्यटन प्रवर्द्धनका कामहरु अघि बढाउंँदै लगिने उनले जानकारी दिए ।