सरकारी निकायले आर्थिक वर्षको अन्त्यतिर नियमविपरीत ठूलो रकम रकमान्तर गर्ने गरेको देखिएको छ । कानुनविपरीत मनपरी खर्च गर्ने प्रवृत्तिमा सुधार हुन नसक्दा बर्सेनि अनियमित तरिकाले रकमान्तर हुने गरेको महालेखा परीक्षक कार्यालयको पछिल्लो प्रतिवेदनले औंल्याएको छ । मन्त्रालयहरूले कानुनबमोजिम पुर्याउनुपर्ने रीत नपुर्याई कारोबार गर्ने, लेख्नुपर्ने लेखा नराख्ने, अनियमित वा बेमुनासिब तरिकाले खर्च गर्ने प्रवृत्तिमा सुधार नभएको र बेरुजु रकम बढ्दै गएको समेत प्रतिवेदनमा उल्लेख गरेको छ ।